सिरहा मालपोतको काम अब अनलाईनबाटै !
अनलाईन सेवाको आईतबार सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले उद्घाटन गरेका छन् ।

२०७६ भदौ ९ सोमबार, बिहान १०:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । भूमी सुधार तथा मालपोत कार्यालय सिरहा कम्प्युटर मार्फत् अनलाईनबाट सेवा आरम्भ गरेको छ ।
मालपोत कार्यालयले प्रदान गर्ने सेवालाई भरपर्दो, छिटो छरितो र पारदर्शी बनाउन कम्युटर अनलाईन प्रणाली सुरु गरिएको हो ।
समय सापेक्षरुपमा कम्प्युटर प्रविधिबाट सेवा प्रबाहलाई चुस्त र पारदर्शी बनाउने सरकारको निर्णय अनुसार सिरहामा पनि अनलाईन प्रणालिको सुरुवात गरिएको भूमी सुधार तथा मालपोत कार्यालय प्रमुख रामबाबु मण्डलले जानकारी दिए ।
अनलाईन सेवाको आईतबार सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले उद्घाटन गरेका छन् । प्रजिअ अधिकारीले गुनासो नआउने गरी आन्तरीक व्यवस्थापनमा विषेश ध्यान दिन कर्मचारीहरुलाई आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…