प्रारम्भिक शिक्षा मातृभाषामै दिनुपर्छ : प्रदेश प्रमुख कायस्थ
प्रदेश सांसद रानी शर्माले यस बिद्यालयको विकासका लागि सँसदिय विकास कोषबाट केही रकम छुटयाउने प्रतिबद्धता व्यक्त गरिन ।

२०७६ भदौ ८ आइतबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बालबालिकालाई प्रारम्भिक शिक्षा मातृभाषामा नै दिनुपर्ने बताउनुभएको छ ।
महोतरीको जलेश्वरस्थित ल.च..मु. बिद्यालयको ६९ औं बार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले बालबालिकाले मातृभाषामा छिटो सिक्ने भएकाले प्रारम्भिक चरणको पठनपाठन मातृभाषा मै नै गराउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । साथै उहाँले संस्कृत भाषाले संस्कृति र ईतिहासको संरक्षण गर्ने भएकोले शिक्षामा संस्कृत बिषयलाई अनिवार्य रुपमा राखिनुपर्ने बताउनुभएको छ ।
उहाँ स्वयँ बिद्यालयको स्थापना कालमा त्यसै बिद्यालयको बिद्यार्थी रहेको स्मरण गराउँदै त्यसबेलाको अध्ययन अध्यापन गुरुकुलको झै रहेको बताउनुभयो । साथै उहाँले त्यस बिद्यालयको पहिलो एसएलसीको ब्याचमा नेपाल अधिराज्यमै प्रथम श्रेणीबाट उतीर्ण हुनुभएको एक मात्र बिद्यार्थी रहेको समेत स्मरण गराउनुभयो ।
उहाँले बिद्यालयको सर्वाङ्गिण विकासका लागि सबैले मिलेर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । साथै बिद्यालयको गुणस्तरीय शिक्षामा जोड दिन दक्ष जनशक्ति तथा त्यस किसिमको वातावरणको निर्माण गर्नुपर्ने बताउनुभयो । बि. सं. २००८ साल भदौ ८ गते स्थापना भएको त्यस बिद्यालयमा प्रदेश प्रमुख कायस्थले बि। सं। २०१५ सालमा नेपाल अधिराज्यमै प्रथम श्रेणीबाट एसएलसी उतीर्ण गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले आफु पनि यसै बिद्यालयबाट अध्यापन गरेको बताउँर्दै बिद्यालयको विकासका लागि आफुले हरसम्भव प्रयत्न गर्ने बताउनुभयो । साथै उहाँले यस बिद्यालयबाट अध्ययन गरेका व्यक्तिहरु अहिलेको अवस्थामा प्रदेश प्रमुख लगायत ठुलो ठुलो पदमा पुगेकाले बिद्यालयको गुणस्तरीयता कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, प्रदेश सांसद रानी शर्माले यस बिद्यालयको विकासका लागि सँसदिय विकास कोषबाट केही रकम छुटयाउने प्रतिबद्धता व्यक्त गरिन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…