समाजवादी युवा संघको अध्यक्षमा 'राज्यमन्त्री यादव'
समाजवादी पार्टी बनेसँगै गठित समाजवादी युवा संघको नेतृत्व उनको काँधमा दिइएको हो ।

२०७६ भदौ ८ आइतबार, दिउँसो ४:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी सम्बद्ध समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा प्रदेश २ सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव चयन भएका छन् ।
आईतबार ललितपुरस्थित समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको उपस्थितिमा भएको कार्यक्रमबाट राज्यमन्त्री यादवलाई युवा संघको अध्यक्षको जिम्मेवारी दिइएको हो ।
तत्कालिन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भएर समाजवादी पार्टी बनेसँगै गठित समाजवादी युवा संघको नेतृत्व उनको काँधमा दिइएको छ ।
नव गठित समाजवादी युवा संघमा २७ पदाधिकारी सहित १ सय ३३ सदस्यीय कार्यसमिति चयन गरिएको युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र अधिकारीले जानकारी दिए । अध्यक्षको जिम्मेवारी पाएपछि यादवले युवाको हकहितका लागि जस्तो कदम उठाउन पछि नहट्ने प्रतिक्रिया जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…