सिरहामा एकाविहानै पुरुषको शव फेला !
मृतकको मुखबाट रगत बगेको देखिएका कारण अनुसन्धानपछि मात्र केही भन्न सकिने डिएसपी बोहराले बताए ।

२०७६ भदौ ८ आइतबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एकाविहानै एक पुरुषको वेवारिसे शव फेला परेको छ । सिरहाको सिरहा नगरपालिका १६ खिरौनास्थित एक पुरुषको शव मृत अवस्थामा भेटिएको हो ।
सिरहा नगरपालिका १६ खिरौनाका अन्दाजी ४० वर्षीय सुरेश साफी आईतबार विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए । एकाविहानै स्थानीयवासीले साफीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पुरुषको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, मृतकको मुखबाट रगत बगेको देखिएका कारण अनुसन्धानपछि मात्र केही भन्न सकिने डिएसपी बोहराले न्यूज ब्यूरोसँग भने ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…