नेपाल भारतको बोर्डरमा कुनै अप्रिय घटना नहोस : प्रभू साह
नेपाल र भारत दुबै पक्षबीच कुटनीतिक संवाद गरी दसगजा क्षेत्रबाट बाँध हटाउनुपर्ने सांसद साहको भनाइ छ ।

२०७६ भदौ ८ आइतबार, बिहान ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । संघीय सांसद एवम पुर्व मन्त्री हाल रौतहट क्षेत्र नम्बर ३ को संघिय सांसद प्रभु साहले भारतले नेपालको सीमावर्ती इलाका (दसगजा) क्षेत्रमा बनाउँदै गरेको बाँधको निर्माण कार्य तुरुन्त रोक्नुपर्ने बताएका छन् ।
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत रौतहटको ईशनाथ नगरपालिका नजिकै भारतीय पक्षद्वारा पानीको बहाब नै अवरुद्ध हुने गरी दशगजा क्षेत्रमा सडकको नाममा बाँध बनाई रहेको घटनाप्रति ध्यानाकर्षण गराउँदै उनले तत्कालै त्यो बाँध जसरी पनि रोक्नुपर्ने बताएका छन् । उनले भने, यस विषयमा कुनै अप्रिय घटना घटनु पूर्व नै दुबै देशका तर्फबाट आवश्यक कुटनीतिक पहल लिई तत्काल समस्याको समाधान गर्न सम्बद्ध पक्षहरुसंग जोडदार माग गर्दछु ।

रौतहट जिल्लासँग जोडिएको दसगजा क्षेत्रमा भारतीय पक्षले सडकको नाम दिई अग्लो बाँध बनाइरहेको भन्दै सांसद साहले आपत्ति जनाएका हुन् ।कुटनीतिक पहल गरी उक्त बाँध निर्माण कार्य तत्काल रोक्न साहले सरकारसँग माग गरेका छन् । नेपाल र भारत दुबै पक्षबीच कुटनीतिक संवाद गरी दसगजा क्षेत्रबाट बाँध हटाउनुपर्ने सांसद साहको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…