शहिदनगद्धारा सिडिओ अफिस धनुषालाई जिन्सी सहयोग
सेवा सुविधा छिटो एवम् छरितो तवरले प्रदान होस भन्ने उदेश्यले उक्त समाग्री मँगलबार हस्तान्तरण गरिएको हो ।

२०७६ भदौ ४ बुधबार, बिहान ११:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाद्धारा जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) लाई जिन्सी समाग्री सहयोग गरिएको छ ।
नगर प्रमुख एवम् मुलुककै कान्छो मेयर भनेर चिनिने उदय कुमार बरबरिया (यादव) द्धारा एक सेट कम्प्युटर र एक सेट प्रिन्टर सहयोग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा जिन्सी समानको अभाव नभएपनि थप गरी सेवाग्राही थप सेवासुविधा दिन सकोस भनेर उक्त समाग्री प्रदान गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा सहित अन्य कर्मचारीहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेललाई उक्त समाग्री हस्तान्तरण गरेका हुन् ।
ब्रान्डेड डेल कम्पनीको डेस्कटप कम्प्युटर र क्यानन कम्पनीको प्रिन्टर सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले आफनो फेसबुक मार्फत जानकारी दिएका हुन् । उनले समाजिक सँजाल आफ्नो व्यक्तिगत फेसबुकमा लेखेका छन्, : - "परस्पर सहयोग - समन्वयमा आधारित शासन हो, जुन नागरिक केन्द्रित सेवा प्रति लक्षित छ ।"विद्युतिय सुशासन प्रवर्द्धकालागि जिल्ला प्रशासन धनुषा लाई शहिद नगर न.पा.द्वारा ब्रान्डेड डेलको कमप्युटर १ र क्याननको पृन्टर १ मेयर उदय कुमार वरवरिया यादब द्वारा २०७६.५.३ मा हस्तान्तरण । हामी आभारी छौ मेयर साब अनि न पा परिवार प्रति ।
यसअघि तार, लाउडस्पीकर, माईक, रँग रोगन, टाइल्स र गमला लगायतका समाग्री समेत सहयोग गरिसकेको शहिदनगर नगरपालिकाले आम सेवाग्राहीलाई थप सेवा सहित सेवा सुविधा छिटो एवम् छरितो तवरले प्रदान होस भन्ने उदेश्यले उक्त समाग्री मँगलबार हस्तान्तरण गरिएको हो । सो समाग्री नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, नगरपालिकाका जिन्सी प्रमुख सुदिप भटट्राई, पोषण प्रमुख रुपेश विराजी, वडा नं. ८ का वडाध्यक्ष तनुकलाल कुसियैत लगायत उपस्थित सेवाग्राहीहरुको रोहबरमा प्रदान गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…