राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा गायक 'रुद्रसेन'
लोक तथा दोहोरी गीत संगीतको जगेर्नाका लागि काम गरी रहेको प्रतिष्ठानको जिम्मेवारी युवा पुस्ताको काधमा आउनु राम्रो भएको उनीहरुको दावी छ ।
२०७६ भदौ १ आइतबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल धनुषाको अध्यक्षमा गायक रुद्रसेन विश्वकर्मा चयन भएका छन् ।
मनको राजा, राम कशम, हामी सबै नेपाली, एल्वम् दिवानीको कानोमे आहाके झुम्का, कलियुग के खेल लगायतका चर्चित गीत तथा म्यूजिक भिडियो बजारमा ल्याएर चर्चामा रहेका गायक विश्वकर्मा प्रतिष्ठानको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
प्रतिष्ठानका २ नम्बर प्रदेश संयोजक कृष्ण गौतमको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा विश्वकर्मा सहित वरिष्ठ उपाध्यक्षमा ईन्द्र कुमार थापा, प्रथम उपाध्यक्षमा संजय कुमार यादव, महिला उपाध्यक्षमा सारथी लामा, महासचिवमा रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा निरशा दुधराज, सचिवमा चिरन्जीवी गिरीलाई चयन गरेको हो ।
त्यस्तै प्रतिष्ठानको नयाँ सदस्यहरुमा निर कुमारी विश्वकर्मा (सविना) , अम्बिका मण्डल, राजकुमार थापा, छेवाङ्ग लामा, टिवी पाख्रिन, प्रदीपजंग थापा, रामसरोज यादव, नितेश कुमार साह चयन भएका छन । प्रतिष्ठानले धनुषामा भएका सवै भाषाभाषिका लोक गला कलाको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा काम गर्ने बताउँदै अध्यक्ष विश्वकर्माले आफुमा ठुलो जिम्मेवारी थपिएको बताए ।
आफुलाई योग्य सम्झेर जिम्मेवारी दिएकोमा अग्रज कलाकार, प्रतिष्ठानका पदाधिकारीहरु प्रति नव निर्वाचित अध्यक्ष विश्वकर्माले धन्यवाद समेत व्यक्त गरेका छन् । रुद्रसेन जस्तो ईमान्दार, कर्मठ र प्रभावशाली कलाकार प्रतिष्ठानको नेतृत्वमा आउनु गर्वको विषय भएको अन्य मनोनित पदाधिकारीहरुले बताएका छन् ।
लोक तथा दोहोरी गीत संगीतको जगेर्नाका लागि काम गरी रहेको प्रतिष्ठानको जिम्मेवारी युवा पुस्ताको काधमा आउनु राम्रो भएको उनीहरुको दावी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विजय सिँह
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…