सँजय टकलाका दाहिने हात भनिएको 'यादव' जेल बाहिर !
सँचार व्यवसायी सिंघानीयाको २०६६ फागुन १७ गते जनकपुरको शिवचोकमा गोली प्रहार गरी होलीकै दिन हत्या भएको थियो ।

२०७६ साउन ३२ शनिबार, दिउँसो १२:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सँचार उद्यमी अरुण सिंघानीय हत्या काण्डमा संलग्नता देखिएको भन्दै जेल सजाय भोगेर राम विनोद यादव आज जेलमुक्त भएका छन् ।
जनकपुरको सिंघानीया हत्या काण्डका मुख्य आरोपित एवम् पूर्व साँसद सँजय कुमार साह (टकला) को नजिकी मानिएका राम विनोद यादव शनिबार ३ वर्षको सजाय पूरा गरी जेलमुक्त भएका हुन् । सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा सँजय टकलालाई अदालतले जन्मकैदको सजाय सुनाएको हो । सिंघानिया हत्याको करिब १० वर्षपछि गत जेठ १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुरु भएको सुनुवाईको झण्डै ४ दिनपछि फैसला सुनाएको थियो ।
सिंघानीया हत्या काण्ड मुद्दाको सुनवाइ गर्दै धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद संजय सहित २ जनालाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले हत्यामा संलग्न रहेको भन्दै मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको हो ।
सँचार व्यवसायी सिंघानीयाको २०६६ फागुन १७ गते जनकपुरको शिवचोकमा गोली प्रहार गरी होलीकै दिन हत्या भएको थियो ।
साहका निकट सहयोगी मानिने यादवलाई आफ्नो घरमा बोलाएर अरुण सिंघानीयाको हत्याको योजना बनाएको भनेर प्रहरीले अनुसन्धानबाट खुलेको बताएको थियो । सोही कसूरमा यादवलाई ३ वर्ष कैद सजाय धनुषा जिल्ला अदालतले सुनाएको थियो ।
संजयले भनेपछि आफूले सिंघानियाको हत्या गरेको अदालत समक्ष बयान दिएका थिए । साह अहिले काठमाण्डौँको डिल्लीबजारस्थित कारागारमा छन् । त्यस्तै संजयको नजिकका भनिएका रामविनोद यादवलाई ३ वर्ष सजाय अदालतले सुनाएको थियो उनका साथै एकलाल सहनीलाई १० वर्ष, चनरदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवानाको सजाय अदालतले सुनाएको हो ।
यता, जेलबाट रिहा भएलगत्तै राम विनोद यादव आफ्ना परिवारजनसँग भेटघाट गरेका छन् भने उनका समर्थकहरुले उनलाई भव्य स्वागत गरेका छन् । आफ्नो सजाय पूरा गरी जेलमुक्त भएका यादवको आगामी राजनीतिक यात्राबारे चर्चा समेत हुन थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…