ड्रगसको १४०० सुईं सहित यसरी पक्राउ परे महतो !
पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखी अनुसन्धान गरिरहेको एसपी खत्रीले जानकारी दिएका छन ।

२०७६ साउन ३२ शनिबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । पछिलो समय रौतहट, बारा, पर्साको सीमावर्ती क्षेत्रमा प्रतिबन्धित लागुऔषधको ओसार प्रसार बढेको प्रमान फेला परेको छ । परोहा नगरपालिकाबाट लागुऔषध सहित रौतहट प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरे लगतै प्रमाण फेला परेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला साबिक हरीहरपुर ८ र हाल सिम्रोनगढ बस्दैआएका बर्ष ६० का गोकर्ण महतो रहेको प्रहरीले जनाएको छ ।जिल्लाको परोहा नगरपालिका–९ रामपुर खाप नरकटिया सडकखण्डमा बिषेश सूचनाको आधारमा भारतीय नम्बर बिआर ० ५ एच ८८१२ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा साधन तथा पैदल यात्रु चेकजाँचको क्रममा लागू औसध सहित महतो पक्राउ परेका हुन ।
मोटरसाइकलमा बोकी राखेको सेतो बोरा भित्र लागुऔषध डाइजेल्याब चारसय ९२ एम्पुल,फेनारगन चारसय ९३ एम्पुल,र मोर्फिन पाँचसय चार कके र कुल एकहजार चारसय ९९ एम्पुल नशालु सुई बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताएका छन ।
पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखी अनुसन्धान गरिरहेको एसपी खत्रीले जानकारी दिएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…