'तीजको रमाइलो सरसफाई अभियान गरेर रमाउने प्रयास गरौ'
जिंगदीभर लुकाएर राख्ने अचलनको गहना किन चाहियो रु पुरुषले मात्रा बियर , वाइन खाएर दशै तिहार मनाइने ? पनि धेरै प्रश्न हुदैछ आजकल समाजमा ।

२०७६ साउन २७ सोमबार, बिहान ९:४३ बजे३ मिनेट पढाइ
जब दशै र छठ पूजा निश्चित तिथि र मितिमा हुन्छ तव हाम्रो संस्कृति र मौलिकता लाई झलकाउने तीज पर्व र तीजको रमाइलो एक महीना पहिला देखि किन गर्दैछौं हामी ।
आज देश लाई साउथ एशियाको पहिलो राष्ट्र बनाउने बेला हो । नेपाल लाई प्रथम खुल्ला दिशा मुक्त राष्ट्र हुन तपाई र हाम्रो सानो सहयोगको आवश्यकता हो । सरसफाई अभियान लाई तीव्र गरौ । असहायहरु को घरमा यस पालीको तीजको पार्टी मनाउने संकलित राशिको सहयोग चर्पि निर्माणको लाई सहयोग गरौ ।
महिलाहरु माथि हिंसाको प्रमुख कारण मध्ये एउटा मुख्य कारक बाहिर शौच गर्न गएको बेला सुनसान ठाउँ र एकांतको फायदा उठाएर असमाजिक व्यतित्व हरुले सैकड़ो गरीब असहाय परिवारका दीदी बहिनी हरुको यौन शोषण गरेको तथ्यांक हो । यदि घरमा चर्पि हुन्थियो भने यस्ता घटना न्यून हुन्थियो की ?
आफ्नो जिन्दगीको व्यस्तता भए पनि हामी दिनहु जति समय तीजको निमतो पाएको र आयोजन गरेको दर खानेमा समय वर्बाद गर्छौ । त्यति समयमा हामी आफ्नो टोल , गाउ सरसफाई अभियान गरेर नेपाल आमा लाई सफा र सुंदर बनाउन सकथिएँ की ?
अहिले खर्चिलो र भड़कीलो तीजको कारण महिलाहरुमा लुगा र गहनाको संदर्भमा पनि बिसमताको कुरा आउदैछ । आफ्नो अनुसारको लगाउन पाउने अधिकार हो । आफ्नो रहरले किनेको तीजमा लगाउन नपाए कहिले लगाउने ? जिंगदीभर लुकाएर राख्ने अचलनको गहना किन चाहियो रु पुरुषले मात्रा बियर , वाइन खाएर दशै तिहार मनाइने ? पनि धेरै प्रश्न हुदैछ आजकल समाजमा ।
तर मेरो सोंच माइतीघर जाने ,राम्री हुने , नाचने दर खाने । सबै तिजको अघिल्लो दिन देखि पंचमी सम्म रमाउने । चोखो खाने चलन पनि थियो तर अहिलेको दर त मासु र वाइन बिना नजाने भएको हो । एक महीना देखिनै पार्टी प्यालेस बुकिंग गरेर दरको निहुमा भडाकिलो खाना र पश्चमी संस्कृतिको अश्लील गीतको धुनमा नाचनु भन्दा राम्रो हरितालिका तिजको अघिल्लो दिन माइती घरको दर (घिउ राखेर पकाएको भात , तामा को तरकारी , गुन्दुरुक र करेला काक्रोको अचार , दही , दूध मही ) खाएर र राति सम्म नाचेर अनि खीर खाएर सुत्ने हो र पंचमी सम्म माइती घरमा रमाइलो गरेर भोली पलट घरमा आउने हो राम्रो हुन्छ की । बुआ आमा संग पनि भेटने अचूक उपाय ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…