भोली सोमबार सार्वजनिक विदा
प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थले समेत भाईचराको सम्बन्धको पर्व इदमा प्रदेशवासीको नाममा शुभकामना व्यक्त गरेका छन् ।

२०७६ साउन २६ आइतबार, बिहान ११:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले भोली सोमबार साउन २७ गते सार्वजनिक विदा दिने घोषणा गरेका हुन् ।
प्रदेश नं. २ को सरकारले मुस्लिम धर्मावलम्बीहरुको उल्लासको पर्व इद उल जोहा बकर इदको अवसरमा एक दिने सार्वजनिक विदा दिएको हो । केन्द्र सरकारले समेत सोमबार सार्वजनिक विदाको घोषणा गरेको छ भने प्रदेश सरकारले समेत त्यही दिन विदाको घोषणा गरेको हो । सो क्रममा प्रदेशका मुख्यमन्त्री मो. लालबाबू राउतले समेत प्रदेशवासीमा इल उद फित्रको शुभकामना दिएका छन् ।
प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थले समेत भाईचराको सम्बन्धको पर्व इदमा प्रदेशवासीको नाममा शुभकामना व्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…