जनकपुर आउँदै 'प्रचण्ड'
तत्कालीन नेकपा माओवादीले जनयुद्धको तयारी गर्दैगर्दा शहीद यादवको २०५१ भदौ २ गते राज्य पक्षले निमर्मपूर्वक हत्या गरेका थिए ।

२०७६ साउन २४ शुक्रबार, राति १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनुषाको बरमझिया आउने भएका छन् ।
भदौ २ गते हुने महान शहीद रामवृक्ष यादव ‘मास्टर साहेब’को स्मृतिसभालाई सम्बोधन गर्न प्रचण्ड बरमझिया आउन लागेका हुन् । शहीद यादवको २५ औँ स्मृतिसभामा प्रमुख अतिथिको रुपमा सहभागी भई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा धनुषाका सचिव दिपक यादवले बताए । सचिव यादवका अनुसार अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रमका लाग वशेष तयारी भईरहेको छ ।
अध्यक्ष प्रचण्डल सँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव, नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साह लगायतका नेताहरु धनुषाको बरमझिया पुगी शहीद यादवको स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव यादवले जनाए । तत्कालीन नेकपा माओवादीले जनयुद्धको तयारी गर्दैगर्दा शहीद यादवको २०५१ भदौ २ गते राज्य पक्षले निमर्मपूर्वक हत्या गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…