धनुषा : एक युवक धानबारीमा मृत फेला !
पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७६ साउन २२ बुधबार, बिहान ११:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एका विहानै एक युवक मृत अवस्थामा फेला परेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ पानी टयाँकी भन्ने ठाउँमा एक युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार विहानै किसानहरु खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत देखेपछि प्रहरीलाई खवर गरेको थियो । यद्यपी अहिलेसम्म मृतकको सनाखत भने हुन सकेको छैनन् ।
गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ बस्ने स्थानीय गुमराज उपाध्यायको धानबारीमा मृत अवस्थामा फेला परेको हो । उपाध्यायको वडा नं. गोदार स्थित रहेको पानी टयाँकी नजिक पूर्व पश्चिम राजमार्गदेखि करिब ३० मिटर दक्षिण तर्फ धानबारीमा मृत फेला परेको हो । युवकको मृत्यू कसरी भएको बारे यकिन हुन नसकेको जनाउँदै प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भईरहेको जानकारी दिए ।
मृत्यू कसरी भएको भन्ने बारे अस्पतालको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…