ग्यासको मूल्य घटयो, पेट्रोल र डिजेलमा बढयो
अहिलेसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

२०७६ साउन २२ बुधबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । नेपाल आयल निगमले एलपी ग्यासँको मूल्यमा कमसेशन गरेको छ ।
निगमले एलपी खाना बनाउने ग्याँसको मूल्य कम गर्दै नयाँ मूल्य १ हजार ३ सय ७५ रुपैयाँ तोकेको हो । यसअघि १४ सय रुपैयाँ प्रति सिलिण्डर ग्यासँको मूल्य तोकिएको थियो भने २५ रुपैयाँ कमसेशन गरी नयाँ मूल्य तोकिएको हो । यसका साथै पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै पेट्रोलमा १ रुपैयाँ र डिजेटल तथा मट्टितेलमा ५० पैसा बढाएको हो । यसै अनुरुप पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ कायम गरिएको छ ।
हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करीब छ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । जसको कारणले अहिलेसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…