२१ लाख २२ हजार नगद सहित एक युवक पक्राउ, काठमान्डौं पठाइए
अनुसन्धानको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग काठमान्डौं पठाएको

२०७६ साउन २२ बुधबार, बिहान १०:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । १५ किलो अवैद्य चाँदी सहित पक्राउ परेको केही घण्टामै २१ लाख बढी अवैद्य रकम सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत साउन २० गते सोमबार दिउँसो करिब ३ः३० बजेको समयमा महोत्तरीको मठियानीबाट श्रोत नै नखुलेको २१ लाख २२ हजार ७ सय ५ रुपैयाँ नगद सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल महोत्तरी ९ नम्बर गणका प्रहरी उपरीक्षक (एपसी) निर्दिशन अधिकारीले जानकारी दिए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै एसपी अधिकारीले महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ९ हनुमान चोकबाट महोत्तरी गाउँपालिका १ डाम्ही बस्ने ३५ वर्षिय सुरेन्द्र ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि पठाएएको हो ।
भारतबाट मठियानी हुँदै नेपाल तर्फ ल्याइरहेको अवस्थामा विशेष सुराकीको आधारमा उक्त रकम पक्राउ गरिएको जनाए । उनले सबै नोटहरु नेपाली रहेको तथा नक्कली वा सक्कली के रहेको भन्ने बारे अनुसन्धानको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग काठमान्डौं पठाएको जानकारी उनले दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…