राजमार्गको भब्सी खोलामा 'बेलीब्रिज' जडान कार्य पूरा, यातायात निर्वाध सँचालित
ग्रामिण भेकमा पूल भत्केपछि जनकपुरसँग जोडने सडक सँजालहरु समेत अवरुद्ध भएको अवस्था ।

२०७६ साउन १९ आइतबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको भब्सी खोलामा भत्केको पूलपछि तत्कालै सँचालन हेतु बेली ब्रीज निर्माण कार्य पुरा गरिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको भब्सी खोलामा गत असारमा आएको बाढीले पुल भत्केपछि यातायात आवतजावतमा समस्या उत्पन्न भएको थियो । राजमार्गकै पूल भएको कारण यातायात डाइभर्सन गरी सँचालन गरिएकोमा शनिबारसम्म बेलीब्रिज निर्माण कार्य पुरा भएपछि शनिबारदेखि नै सवारी आवागमनलाई निरन्तरता दिएको हो ।
पुल बगाएपछि खोलामै डाइभर्सन भएर वा २५÷३० किलोमिटर टाढाबाट घुमेर जङ्गलको बाटो हुँदै यातायात सञ्चालन हुँदै आएको थियो भने बाढी आएको बेला पटक–पटक डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुँदै थियो । सडक विभागले तत्कालै निगरानी गरी शनिबार अबेर रातीसमम सो खोलामा करिब ४९ मिटर लामो बेलिब्रिज निर्माणकार्य सम्पन्न गरी यातायात सेवा पनि सञ्चालन भएको सडक डिभिजन कार्यालय जनकपुरले जनाएको छ ।

निर्माण गरिएको बेलिब्रिजको क्षमता ९८ टन बोक्ने रहे पनि त्यसमाथिबाट अहिले एक पटकमा ३५ टन बोकेका यातायातका साधनलाई मात्रै इजाजत दिइएको हो । केही बर्ष उत्ता महोत्तरी र धनुषा जोडने रातु खोलामा पनि पूल भत्केपछि बेली ब्रीज निर्माण गरी सवारी आवगमनलाई निरन्तरता दिएको थियो । गत असार अन्तिममा आएको भिषण बाढी कारण धनुषा लगायत प्रदेश नं. २ को विभिन्न जिल्लामा ताण्डव मच्चाएको थियो ।
राजमार्गको पूल निर्माण गरिएपनि ग्रामिण भेकमा भत्किएको पूलहरुको लागि भने यस्तो कुनै प्रकारको पहल भने नथालिएको देखिएको छ । ग्रामिण भेकमा पूल भत्केपछि जनकपुरसँग जोडने सडक सँजालहरु समेत अवरुद्ध भएको अवस्था छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…