न्यूज ब्यूरो समाचारको असर : 'मधेशी आयोग एक्सनमा, गिरीले मागिन माफी ' !
मधेशी समुदायकी छात्रहरु समेत टपर छात्र खोजेर पटयाउने जस्ता शब्दहरुको प्रहार गरेकी छन् ।

२०७६ साउन १८ शनिबार, बिहान ८:३३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी समुदायका विद्यार्थीहरुलाई धोती केटो तथा धोतीनी भनेर अपशब्द प्रयोग गरेकी काठमान्डौंकी नारिया गिरिले माफी मागेकी छन् ।
लाफ नेपाली कमेडी युटुब च्यानलबाट प्रसारण हुने स्टेण्डप कमेडीको एक श्रृंखलामा गिरीले मधेशी समुदायका छात्रलाई धोती केटो तथा मधेशी मूलकी नेपाली छात्रालाई धोतिनी भनेर शब्द प्रयोग गरेपनि समाजिक सँजाल तातिएपछि उनी सार्वजनिक रुपममै समाजिक सँजाल फेसबुक मार्फत माफी मागेकी हुन् ।
शुक्रबार साँझ न्यूज ब्यूरोले "कमेडीको नाममा फेरी पनि मधेशी समुदाय उपर प्रहार !" शिर्षकको समाचार लेखेपछि केही बेरमै नेपालको संवैधानिक अँग मधेशी आयोग एक्सन लिएका थिए । मधेशी आयोगका अध्यक्ष विजय दत्तले ती भिडियोमा मधेशी समुदाय उपर अपशब्द प्रहार गरेको भन्दै कारवाहीको लागि अपराध महाशाखा टेकुका प्रमुख उत्तमराज सुवेदीलाई आग्रह गरेका थिए । त्यसलगत्तै समाजिक सँजाल मार्फत न्यूज ब्यूरोको समाचार भाईरल भएपछि उनी करिब ९ बजेर ४१ मिनेटमा फेसबुक मार्फत माफी मागेकी हुन् ।

समाचारपछि अनेकानेक टिकाटिप्पणी भएपछि उनी फेसबुक मार्फत भनेकी छन :
Hello ,namaste everyone☺☺
Mero stand up comedy ko video le sayad derai ko mann dukecha ,I am extremely sorry for that ????????
I apolosize anii maile kasiko culture lai caste lai bich mah lyera amm sochokecko theena ????????????
Maile tya dh**** vannunu mero fault thio but maile matra slang use garna kojeki thia nothing else yeslai aanyetha nalinu hola
Anii kripaya video herera tya just yesii gareko ho bujdinu hola maile nasochi bolechu tesma meeo fault cha ☺❤jaile negative kura lai matra focus nagarum
I know there was my fault but now i m apologising sabai ki agadii
Testo hunna aba i will make sure ????????
Anii I know derai laii offend gare but intensonially testo kai garna kijeko theena sabai lai hasunu kojeko thia ☺☺
Its just i was making them happy ☺☺????
Maile tya merai pani bejat haynya chu ,anii sano kura lai derai thulo parera jhan racism anii aru kura ko topic ma lagara aafnai relation unity naramro garira cham hami ❤????
So lets take it easily as a comedy anii thulo topic naparam haii
Anii I m extremely sorry for that words and harsh slangs there ????hope you all will understand
यस्तो थियो समाचार : कमेडीको नाममा फेरी पनि मधेशी समुदाय उपर प्रहार !
यस अघि उनले ती कमेडी भिडियोमा - "मेरो क्लासमा मै होला एक्स अथवा लभ परेकी , किनभने क्लासमा सब जना त धोती केटाहरु , म त बाहिरको भट्या हो, तर धोती केटिनीहरुलाई धोती केटा नै मन पर्छ किनभने थाहा छ ? टयालेन्ट हुन्छन नी त केटाहरु , टपर पटयाउने हो, इक्जाममा राम्रोसँग पास हुन्छ । सिकाई दिन्छ नी, नत्र ब्रेकअप, कालो गए गोरो आउँछ नी ।" जस्ता शब्दहरु प्रयोग गरेपछि समाजिक सँजालमा चर्को आलोचना हुन थालेपछि माफी मागेकी हुन् ।
मधेशी समुदायकी छात्राहरुलाई "धोतिनी" भनेर अपशब्द प्रयोग गरेकी छन् भने छात्रहरुलाई धोती भनेर सम्बोधन गरेकी छन् । जसको क्रममा मधेशी समुदायका छात्रहरु कालो हुने भनेर पनि जीकिर गरिएको छ । मधेशी समुदायका छात्रहरु टयालेन्ट हुन्छ भनेर भन्दै उनले मधेशी समुदायकी छात्रहरु समेत टपर छात्र खोजेर पटयाउने जस्ता शब्दहरुको प्रहार गरेकी छन् ।
न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि मधेशी आयोगका अध्यक्ष विजय दत्तले केही बेरमै एक्सन लिएर प्रहरीमा कारवाहीको लागि उजुरी गरेका थिए । मधेशी आयोगको यति शिघ्र एक्सनलाई समाजिक सँजाल सहित अन्य ठाउँमा चर्चा गरिएको छ । आयोगका अध्यक्ष दत्तलाई समेत सराहना गरिएको छ ।
यता, मधेशी समुदायलाई हुलहुज्जत हुने गरी अपशब्द प्रयोग गरेको भन्दै गिरीलाई फेसबुक मार्फत माफी मागेर केही नहुने भन्दै सार्वजनिक रुपमा माफी सहित कानुन बमोजिम कारवाही हुनुपर्ने माग युवाहरुले गरेका छन् । समाजिक सँजाल फेसबुकमा टिकाटिप्पणी गर्दै गिरीलाई कानुन बमोजिम कारवाही नै गर्नुपर्ने अडान देखाएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…