एक्सनमा ईन्सपेक्टर 'दाहाल', अवैद्य उत्खनन गर्नेहरुमा भागमभाग
अब मापदण्ड र नियम विपरितका यस्ता गतिविधि नियन्त्रण गर्छौ ।

२०७६ साउन १७ शुक्रबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महेन्द्रनगर । अवैद्य उत्खनन गरी स्थानीय नदीहरुलाई कमजोर बनाएको भन्दै धनुषाको महेन्द्रनगरका ईन्सपेक्टर ( प्रहरी नीरिक्षक) अमिर दाहाल एक्सनमा आएका छन् ।
धनुषा जिल्लाको विभिन्न नदिहरुबाट अवैद्य रुपमा बालुवा गिट्टी उत्खनन गरी ल्याएका ट्रयाक्टरहरुलाई शुक्रबार पक्राउ गरेका छन् । जलाद नदी लगायत अन्य शाखा नदीहरुबाट अवैद्य रुपमा तथा मापदण्ड विपरित उत्खनन गरी बालुवा गिट्टी ढुवानी गर्ने ट्रयाक्टर तथा ट्रयाक्टर चालहरुलाई धमाधम पक्राउ गर्न थालेपछि उनीहरुमा भागमभाग भएको छ ।
शुक्रबार एकैसाथ ५ वटा ट्रयाक्टर सहित ट्रिपर समेत पक्राउ गरी नियन्त्रणमा राखेपछि नदीमा उत्खनन गर्नेहरुमा भागमभाग मच्चिएको हो । विहानै ज १ त ६५०४ , ज १ त १७०६ लगायत ५ वटा ट्रयाक्टर सहित ट्पिरमा वालुवा ढुवानी गरिरहेको अवस्थामा बीना अनुमति र कर बील वा छुट पूर्जी भएकाहरुलाई दबोचेका छन् । ट्रयाक्टर नियन्त्रणमा लिएपछि अवैद्य उत्खनन गर्नेहरुमा त्रास फैलिएको छ ।
न्यूज ब्यूरोको महेन्द्रनगर शाखासँग कुराकानी गर्दै प्रहरी नीरिक्षक दाहालले अवैद्य उत्खननका कारण असमायिक रुपमा बाढी पहिरो गएकोले यसलाई नरोकेसम्म यस्ता प्रकृतिका घटनाहरु निरन्तर भईरहने जनाउँदै यसलाई रोक्नको लागि आफ्नो ईलाका भित्रको सबै नदीहरुमा निगरानी सुरु गरिएको बताए । उनले भने, - "जिल्ला समन्व्य समितिको छुट पूर्जी, कर बुझाएको रसिद वा वैद्य ठेक्काको कुनै प्रमाण विना नै बालुवा तथा गिट्टी उत्खनन गर्नेहरुलाई नियन्त्रणमा लिएका छौं, आवश्यक कागजातहरु ल्याए मात्र कुरा अगाडी बढाइन्छ ।"
ढुवानी गरिरहेको ट्रयाक्टर तथा टिपरमा समेत नियम विपरित बालुवा गिट्टी लोड गरिएको जनाइएको छ । ट्रयाक्टरमा लोड गर्दा माथिबाट त्रिपाल वा अन्य वस्तुले छोप्नुपर्ने नियमलाई लत्याउँदै उनीहरुले नियम विपरित ढुवानी गरिरहेको पाईएपछि पनि कारवाहीको लागि ट्रयाक्टर नियन्त्रणमा लिएको बताए । उनले भने,-"यस्ता गतिविधि विरुद्ध हामीले अभियान सुरु गरयौं, अब मापदण्ड र नियम विपरितका यस्ता गतिविधि नियन्त्रण गर्छौ ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…