'राउत उपर हस्पिटल माफियाले आक्रमण गरेको छ' : यादव
अपराधीलाई कानूनी कारबाहीको दायरामा नल्याए कडा आन्दोलनमा उत्रने चेतावनी

२०७६ साउन १६ बिहीबार, बिहान ९:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका युवा नेता नविन यादवले गत मँगलबार राती जनकपुरमा भएको आक्रमणलाई मेडिकल र अस्पताल माफियाको आक्रमण भएको बताएका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नं. १ वकिल टोलमा मंगलवार बेलुकी नेपाल जनता दलका धनुषा जिल्ला अध्यक्ष मुन्जय राउत उपर अज्ञात व्यक्तिले छुरा प्रहार गरेपछि घाईते भएका हुन् । यस घटनापछि बोल्दै समाजवादीका नेता यादवले आफू सहित घाईते राउतले मेडिकल माफिया र अस्पताल माफिया विरुद्ध गरेको सर्जिकटल स्ट्राईकको बदला लिएको बताएका छन् ।
उनले भनेका छन् , - "मेरो प्रिय भाइ मुन्जय राउतमाथि म नवीन यादव को नेतृत्वमा भएको सर्जिकल स्ट्राईकलाई लिएर मेरो टिममाथि हस्पिटल तथा मेडिकल माफियाबाट बदनियतपूर्ण आक्रमण भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण र्भएको छ । उक्त घटनाप्रति म व्यक्तिगत र मेरो टिम तथा हाम्रो पार्टी समाजवादी पार्टी नेपालको तर्फबाट घोर भत्र्सना गर्दछु । आक्रमणबाट घाइते राउतको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु ।"
देशमा कानून छ भन्ने आभाष सम्पूर्ण जनताको मानस पटलमा महसुस गराउने कर्तव्य प्रशासन र सरकारको रहेको औल्याउँदै घटनामा संलग्न अपराधिलाई अविलम्ब पक्राउ गरी कानून बमोजिम कारबाही गर्न सम्बन्धित पक्षसँग माग समेत गरेका छन् । उनले भने, - "जनताको जिउधनको सुरक्षा चुस्त दुरुस्त पार्न पनि जिम्मेवार निकायसँग विशेष आग्रह गर्दछु ।"
समाजका लागि माफियाविरुद्ध लागेपछि निर्ममता पूर्वक घटना घटाएको ठहर गर्दै नेता यादवले यसतर्फ प्रशासन गम्भिर हुन जरुरी रहेको बताए । साथै माफिया र भ्रष्टाचार विरुद्ध यूवाहरुलाई गोलबन्द हुन आह्वान गर्दै घटनामा संलग्नले जस्तो सुकै कदम चालेपनि राउत जस्ता यूवाहरुको मनोवल नघटने आक्रोस पोखे।
गलत कार्य विरुद्ध आवाज उठाउँदा आक्रमणमा उत्रने अपराधीलाई कानूनी कारबाहीको दायरामा नल्याए कडा आन्दोलनमा उत्रने चेतावनी समेत डिजिटल विज्ञप्ति मार्फत जानकारी गराएका छन् । गत मँगलबार बेलुकी जनकपुरको वकिल टोलमा मुन्जय राउत उपर मोटरसाईकलमा चढी आएका दुई अज्ञात व्यक्तिले कोखामा छुरा प्रहार गरी फरार भएका छन् । उनको उपचार अहिले जनकपुरको काव्य हस्पिटलमा भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…