महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु
पोखरा, ११ पुस : पोखरा रंगशालामा आजदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा शुरु भएको सो प्रतियोगितामा महिला तथा पुरुषतर्पm पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्

२०७४ पुस ११ मंगलबार, बिहान ११:०७ बजे१ मिनेट पढाइ

पोखरा, ११ पुस : पोखरा रंगशालामा आजदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा शुरु भएको सो प्रतियोगितामा महिला तथा पुरुषतर्पm पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी भएका छन् ।
प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको दुवैतर्पm प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
पुरुषतर्पm पूर्वाञ्चल र नेपाल आर्मीबीच शुभारम्भ खेल भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…