
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
यो फिल्म पुस २१ गतेदेखि सिनेमा घरहरुमा प्रर्दशन हुनेछ ।

२०७४ पुस ११ मंगलबार, बिहान १०:०२ बजे२ मिनेट पढाइ
जनकपुरधाम, ११ पुस ।
हो, यो डायलग " रानी, तोरा एभरेष्टो स भि बडका आई लव यू हौ " समाजसेवी राजकुमार महतोद्धारा निर्मित फिल्म रज्जा रानी को हो ।
‘राज्जा रानी’ मैथिली भाषामा पनि, २० लाखको सम्झौतामा नेपाल, भारत सहित अन्य विदेशी मुलुकहरुमा समेत प्रदर्शन हुने
आगामी पुष २१ मा प्रदर्शन हुने फिल्म हो ‘राज्जा रानी’ । प्रोमो र गीतका कारण चर्चामा रहेको यस फिल्म सबै दर्शकमा प्रतिक्षित बन्दै पनि गएको छ ।
नाजिर हुसेन र केकी अधिकारी स्टारर फिल्मले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ ।
फिल्म, मधेसको लवज निकट रहेको कुरा त, टिमले हालै सार्वजनिक गरेको ‘चिपक चिपक’ बोलको गीतले बोलेको छ । तर, अब भने निर्माण टिमले फिल्म मैथिली भाषामा पनि प्रदर्शन गरिने भएको छ ।
आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रतुती ‘’राज्जारानी’’ मैथिली भाषामा पनि देशभर एकै दिन प्रदर्शन हुने भएको छ । त्यस्तै, प्रस्तुतकर्ता रमेशले दिएको जानकारी अनुसार भारत लगायत अन्य विदेशी मुलुकहरमा समेत प्रदर्शन हुने गरी भोर कम्पनी प्रा।ली का सीईओ राज कुमार महतोसंग रु २० लाखमा फिल्मको संझौता भएको छ ।
यम थापा निर्देशित यस फिल्ममा नाजिर र कामेश्वरसंगै केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ ।
फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।
फिल्म रज्जा रानीमा मधेसको बालबालिकाको वर्तमान परिस्थिति, ग्रामिण भेकको, समाजको सत्यता र बालविवाहको निहुँ र अशिक्षाका कारण हुने अपराधिक क्रियाकलापलाई समेटिएको छ ।
एउटा गरिब परिवारलाई आफनो छोरी किन बोझ हुन्छ ? यस्तो अन्धविश्वास र बाध्यता किन ? भनेर प्रश्न गर्दा यो फिल्म यस प्रश्नको पूर्णत जवाफ दर्साइएको छ ।
यो फिल्म पुस २१ गतेदेखि सिनेमा घरहरुमा प्रर्दशन हुनेछ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…