बाढी समाप्त भएपछि मधेश सरकारद्धारा राहत
न्यूज ब्यूरो, महोत्तरी । प्रदेश २ सरकारले बाढी गएको करिव १६ दिन पछि राहतमा खाद्यान्न पठाएको छ । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाको नेतृत्वमा जिल्लाकै मनरा सिस्वा नगरपालिका वडा नं. ६ र ७ का चारसय बाढी पिडितलाई आईतवार राहत बाडिएको हो । पिडितहरुलाई राज्यमन्त्री कुशवाहाले प्रदेश स

२०७६ साउन १२ आइतबार, राति ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । प्रदेश २ सरकारले बाढी गएको करिव १६ दिन पछि राहतमा खाद्यान्न पठाएको छ । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाको नेतृत्वमा जिल्लाकै मनरा सिस्वा नगरपालिका वडा नं. ६ र ७ का चारसय बाढी पिडितलाई आईतवार राहत बाडिएको हो ।
पिडितहरुलाई राज्यमन्त्री कुशवाहाले प्रदेश सरकारको तर्फबाट चामल २५ किलो,दाल चारकिलो, त्रिपाल एक र झुल एक राहत स्वरुप दिएका छन ।
गत सातामात्र प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले महोत्तरीमा वाढीको निरिक्षण गरेपछि प्रदेशमै सवैभन्दा वढी महोत्तरी बाढीबाट प्रभावित भएको र तत्काल राहत पठाउने प्रतिवद्धता जनाएका थिए ।
मुख्यमन्त्री राउतले बाढीकै सम्बन्धमा प्रधानमन्त्रीसंग समेत भेटघाट गरेको र प्रदेश सरकार तथा केन्द्र सरकार समेतको समन्वयमा विशेष राहतको प्याकेज ल्याउन लागिएको राज्यमन्त्री कुशवाहाले बताए । यता, राज्यमन्त्री कुशवाहाले महोत्तरीमा प्रारम्भिक तथ्यांक अनुसार पुर्णक्षतिको विवरण पाचहजार देखिएपनि यो तथ्यांक अझै बढ्न सक्ने वताउदै प्रदेश सरकारले महोत्तरीको लागि गम्भिर भई केन्द्र सरकारसंग समेत पहल गरिरहेको थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…