जनकपुर दुर्घटना अपडेट : थप १ जनाको मृत्यू , मृतकको सँख्या ३ पुग्यो !
दुवै तर्फबाट सवारी तीव्र गतिमा रहेको कारण दुर्घटना हुँदा टेम्पो क्षतविक्षत भएको जनाईएको छ ।

२०७६ साउन १२ आइतबार, बेलुकी ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने थप एक जनाको उपचारको क्रममा मृत्यू भएको छ ।
जनकपुर महेन्द्रनगर सडकखण्डमा आईतबार अपरान्ह करिब ५ः३० बजे विंगर र टेम्पो एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यू भएको थियो भने गम्भिर चोट लागेर उपचार गराउन क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १० स्थित रमदैया भवाडी स्थित रहेको जानकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यू भएको हो । मृत्यू हुनेमा टेम्पो चालक अन्दाजी बर्ष २५ का रोशन साह रहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक अमिर दाहाले जानकारी दिए ।
जनकपुरमा भारी दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यू, २ को अवस्था नाजुक !
महेन्द्रनगरबाट जनकपुर तर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको विँगर र जनकपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको टेम्पो क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैया नजिक एक आसपमा ठोक्किदा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । दुवै तर्फबाट सवारी तीव्र गतिमा रहेको कारण दुर्घटना हुँदा टेम्पो क्षतविक्षत भएको जनाईएको छ ।
मृतक महिला (यादव) महेन्द्रनगर नजिकै रहेको सलाईन फ्याक्ट्रीमा काम गर्दै थिइन् ।
धनुषाको रमेशपुर बस्ने अन्दाजी बर्ष ७२ का रामदेव साह तथा सिरहाको इनरबा बस्ने अन्दाजी बर्ष ५० की रेखा यादवको घटनास्थलमै मृत्यू भएको छ भने सोही घटनामा टाउकोमा गम्भिर चोट लागेर उपचारको लागि अस्पतालमा रहेका टेम्पो चालक साहको साँझ करिब ६ः४५ बजेको समयमा मृत्यू भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…