जनकपुरमा भारी दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यू, २ को अवस्था नाजुक !
घाईतेहरुलाई टाउकोमा गम्भिर चोट लागेकोले प्रत्यदर्शीहरुले बताएपनि चिकित्सकको प्रतिक्रिया घाईतेहरुको बारेमा आएको छैनन् ।

२०७६ साउन १२ आइतबार, बेलुकी ६:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम-महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने ४ जना घाईते भएका छन् ।
जनकपुर महेन्द्रनगर सडकखण्डमा आईतबार अपरान्ह करिब ५ः३० बजे विंगर र टेम्पो एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यू भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले समेत घटनाको पुष्टि गरेपनि मृत्यू बारे भने अनभिज्ञता जनाएको छ ।
महेन्द्रनगरबाट जनकपुर तर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको विँगर र जनकपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको टेम्पो क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैया नजिक एक आसपमा ठोक्किदा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । दुवै तर्फबाट सवारी तीव्र गतिमा रहेको कारण दुर्घटना हुँदा टेम्पो क्षतविक्षत भएको जनाईएको छ ।
प्रारम्भिक जानकारी अनुसार मृतक दुई जनामा एक महिला र एक पुरुष रहेका छन् । धनुषाको रमेशपुर बस्ने अन्दाजी बर्ष ७२ का रामदेव साह र सिरहा जिल्लाको इनरबा बस्ने अन्दाजी बर्ष ५० की रेखा यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उक्त दुर्घटनामा घाईते हुनेमा टेम्पो चालक र अन्य एक जना यात्रु रहेको छ ।
उनीहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको छ तथा उनीहरुलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई टाउकोमा गम्भिर चोट लागेकोले प्रत्यदर्शीहरुले बताएपनि चिकित्सकको प्रतिक्रिया घाईतेहरुको बारेमा आएको छैनन् । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…