नेपालमै पेट्रोल अन्वेषणको लागि मन्त्रालयले सक्दो सहयोग गर्छ : मन्त्री यादव
दैलेखमा उक्त पेट्रोलियम अन्वेषणको कार्य चिनियाँ पक्षले ३ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

२०७६ साउन १२ आइतबार, बेलुकी ५:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । चिनियाँ सहयोगमा दैलेखमा अन्वेषण भइरहेको पेट्रोलियम पदार्थको अवस्थाबारे नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनियाँ टोलीसँग छलफल गरेका छन् ।
मन्त्री यादवले चिनियाँ टोलीहरुलाई मन्त्रालयमै बोलाएर सो अन्वेषणको हालसम्मको अवस्था र प्रगति बारे जानकारी लिएका हुन् । मन्त्रीसँगको छलफलमा चिनियाँ टोलीले उक्त पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा हालसम्म ‘जियोलोजीकल म्यापिङ्ग’ सम्मको काम सम्पन्न भएको जानकारी गराएका छन् ।
भेटघाटको क्रममा चिनियाँ टोलीले अब ‘म्यागनेटो टेलरिक’ र ‘टु डी सिस्मिक सर्वे’ गरि प्रोफाईल लाईन यकिन गर्नुपर्ने काम बाँकी रहेको र उक्त कामका निम्ति मन्त्रालयसँग आवश्यक उपकरण आयातका काममा सहयोगको अपेक्षा गरेका थिए । जवाफमा मन्त्री यादवले उक्त अन्वेषणका निम्ति चाहिने आवश्यक उपकरणहरु आयात कार्यमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सिस्मिक सर्वे पश्चात् ड्रिल गर्ने स्थलहरूको पहिचान हुने र यी कार्यहरू यसै वर्षको अक्टोबरबाट थालिने चीनियाँ टोलीले मन्त्री यादवले जानकारी गराए । दैलेखमा उक्त पेट्रोलियम अन्वेषणको कार्य चिनियाँ पक्षले ३ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…