सिरहामा चट्याङ लागेर १ युवकको मृत्यू !
खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् लागेर मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

२०७६ साउन ७ मंगलबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा चट्याङ लागेर एक युवकको मृत्यू भएको छ । सिरहाको अर्नमा गाउँपालिका ३ का २२ वर्षीय बिजुली महराको चट्याङ् लागेर मृत्यू भएको हो ।
महराको आज (मंगलबार) दिउँसो १ बजेको समयमा खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् लागेर मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । चट्याङ् लागेर उनको खेतमै ज्यान गएको हो ।
मृतक महराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…