सरकारको रबैयाविरुद्ध कुनैपनि बेला सडकमा ओर्लिन्छौं : संयोजक यादव
कुनैपनि बेला सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउँदै गरेकाले तयारी अवस्थामा रहन सबैलाई निर्देश गरे ।

२०७६ साउन ७ मंगलबार, दिउँसो १२:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का संयोजक राजकिशोर यादवले सरकारविरुद्ध जतिबेला पनि सडक आन्दोलन हुनसक्ने बताएका छन् ।
काठमाडौंको बबरमहलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले दुईतिहाइको सरकारको रबैयाका कारण सडक आन्दोलन गर्ने अवस्था आइरहेको भन्दै कुनैपनि बेला आन्दोलन हुनसक्ने बताएका हुन् ।
राजपाको संयोजकको जिम्मेवारी सोमबार सम्हालका नेता यादवले सरकार संविधान विपरितका क्रियाकलाप गरेर आन्दोलनबाट प्राप्त उपलब्धीहरू अन्त्य गर्ने बाटोमा हिँडेकाले यसलाई रक्षा गर्न सडक आन्दोलन गर्नुपर्ने अवस्था आइरहेको बताए । उनले कुनैपनि बेला सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउँदै गरेकाले तयारी अवस्थामा रहन सबैलाई निर्देश गरे ।
संसदमा नेपाली कांग्रेससँग मिल्ने एजेण्डाहरूमा सहमति कायम गरेर संयुक्त रुपमा आन्दोलनको तयारी गरिरहेको जनाएका छन् । उनले भने, ‘कांग्रेससँग मिल्ने एजेण्डाहरूमा सहमति गरेर कार्यगत एकता गरेका छौँ, अब लोकतान्त्रिक शक्तिहरू मिलेर जानुपर्छ ।’ संयोजक यादवले लोकतन्त्रको रक्षाका लागि संघर्ष विकल्प बनेको जिकिर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…