धनुषामा बाढी पीडितलाई मेडिकल विद्यार्थीहरुको 'मलहम'
विस्थापित ८० बढी घर परिवारलाई राहत सहित ३०० बढी पीडितलाई स्वास्थ्य शिविरबाट सेवा प्रदान गरेका हुन् ।

२०७६ साउन ६ सोमबार, दिउँसो ३:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बाढीले विस्थापित कैयौं परिवारका सदस्यहरुलाई विद्यार्थीहरुले स्वास्थ्य शिविर मार्फत सेवा दिएका छन् ।
धनुषाको जनकनन्दीनी गाउँपालिका वडा नं. १ ईनरवाका बाढी पीडित विस्थापित परिवारलाई विराटनगर स्थित रहेको विराट मेडिकल कलेजमा एमविविएस अध्ययनरत विद्यार्थीहरुले पीडितको घाउमा मलहम लगाउनको लागि स्वास्थ्य शिविरको आयोजना गरेको थियो । विद्यार्थीहरुले स्वयंम चन्दा उठाएर बाढी पीडित तथा विस्थापित परिवारलाई राहत स्वरुप खाद्यान सहित औषधी समेत वितरण गरेको हो ।

ईनोभेसन्स क्लब अफ मेडिकल सोसाईटीका रितेश रायको नेतृत्वमा मेडिकल अध्ययनरत विद्यार्थीहरुको टोलीले उनीहरुलाई स्वास्थ्य शिविर सहित खाद्यान्न समाग्री वितरण गरेका छन् । च्यूरा, चीनि, दालमोठ, चामल, साबुन, नुन, विस्कुट, चाउचाउ लगायका समाग्री वितरण गर्दै उनीहरुले चाहिने औषधी समेत स्थानीय प्रहरीलाई जिम्मा लगाएको रायले बताए ।
उनले भने, - "हामीहरु अहिले अध्ययनरत अवस्थामा छौं, केही केही रकम जुटाएर पीडितहरुको घाउमा मलहम लगाउने प्रयास गरेका छौं, हामी सबै एक हौं र परेको बेला एक अर्कालाई सहयोगी मनले , सहयोगको भावनाले सहयोग गर्नु मानव धर्म हो । हामी अहिले अध्ययनको शिलशिलामा मात्र रहेकोले त्यतिकै औषधी वितरण गर्न नहुने भएकोले प्रहरीलाई जिम्मा लगाएका छौं । स्थानीय स्वास्थ्यचौकीको समन्वयमा ती औषधी वितरण गर्न भनेको छु ।"

स्वास्थ्य समाग्रीका साथै त्यही कलेजका एमविविएस ब्याच २०१८ द्धारा किशोरी एवम् महिलाहरुको लागि सेनेटरी प्याड समेत वितरण गरिएको जनाइएको छ । विस्थापित ८० बढी घर परिवारलाई राहत सहित ३०० बढी पीडितलाई स्वास्थ्य शिविरबाट सेवा प्रदान गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…