नयाँ करनीतिको विरोधमा धनुषाका व्यापारीहरु सडकमा
विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ ।

२०७६ साउन ५ आइतबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले ल्याएको कर नीतिको विरोधमा धनुषाका व्यापारीहरु सडक तताएका छन् ।
नयाँ कर नीतिको विरोधमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्ननगरका व्यापारीहरुले आईतबार विरोध ¥याली निकालेका छन् ।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरको अगुवाइमा निकालिएको विरोध ¥यालीका सहभागीले नगर बजार परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरेका छन् ।
संघको कार्यालयबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले बताए ।
आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ ।
नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने संघका अध्यक्ष यादवले बताए ।व्यापारीहरुको विरोध ¥यालीमा क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले पनि आफू व्यापारीहरुको साथमा रहेको बताए ।
नेपाल सरकार द्वारा आम सर्वसाधारण ब्यापारी ,मजदुर किसान तथा गरिब जनता हरु माथि अनावश्यक झन्झटिलो र ढाड सेक्ने गरी चौतर्फी जुन कर प्रणाली लागू गरेको छ। त्यसको बिरोधमा क्षिरेश्वरनाथ उधोग बाणिज्य संघको अगुवाइमा बृहत बिरोध रयाली नगर परिक्रमा गरी हनुमान चोकमा कोण सभामा परिणत भएको थियो।
कोणसभामा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार, समाजसेवी मित्रलाल गिरी ,मानार्थ सदस्य बासुलाल महतो, पुर्व अध्यक्ष रामजी सिंह तथा सल्लाहकार ललित साह लगायतका बक्ताहरुले आ आफ्नो धारणा मन्तब्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…