पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तनावग्रस्त !
शर्पले टोकेका बरालको अन्तिम अवस्थामा जनकपुर रिफर गरिएकोमा त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको हो ।

२०७६ साउन ४ शनिबार, दिउँसो १२:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो ।
शर्पले टोकेपछि उपचारका लागि शर्पदंश उपचार केन्द्र बन्दिपुर गएका अन्दाजी २२ वर्षीय तिलक बरालको मृत्यू भएपछि आक्रोशित स्थानीयहरु चक्काजाम गरेका हुन् । अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।
हिजो (शुक्रबार) शर्पले टोकेको ९ मिनेटमै आफै मोटरसाईकल चलाएर उपचार केन्द्र पुगेका बरालको उपचारमा लापरवाहीका कारण मृत्यू भएको आफन्तको आरोप छ । उनको हिजै अन्तिम अवस्थामा जनकपुर रिफर गरिएकोमा त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको हो ।
उपचारको लागि दक्ष चिकित्सक नहुँदा पनि त्यही राखेको र पछि अन्तिम अवस्थामा रिफर गरिएका कारण उनको मृत्यू भएको आरोप छ । बराललाई गौमन शर्पले टोकेको थियो ।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले प्रदर्शनकारी, प्रहरी र जनप्रतिनिधि समेतको रोहवरमा बसेर सहमति गर्ने शर्तमा विहानैदेखिको चक्काजाम ११ बजे खुलाइएको बताएपनि सहमति हुन नसकेपछि अहिले त्यहाँको अवस्था झन तनावग्रस्त बनेको हो ।
आन्दोलनकारीहरुले चक्काजाम जारी राखेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडप हुने सम्भावना देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…