धनुषाको उराव समुदाय बाढीले पूर्ण विस्थापित
यता, उनीहरुको राहत तथा पुनः स्थापितको लागि पहल थालिएको जनाइएको छ ।

२०७६ असार ३१ मंगलबार, दिउँसो १:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका बस्ने उराव समुदायको उठीवास भएको छ ।
बाढीको पानी घरमा ३ फिटसम्म जमेपछि उनीहरु विस्थापित भएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघाको उत्तरबारी टोल बस्ने उराव समुदायको १० घरपरिवार अहिले आधारभूत विद्यालय नौयसविघाको शरण लिन पुगेका छन् । विगत ५ दिनदेखि बाढीको पानी घरमै जमेकोले घर समेत खस्ने अवस्थामा रहेकोले उनीहरु घर छाडेर भागेका हुन् ।
न्यूज ब्यूरोका धनुषा प्रमुख विनय कुमार यादवले जनाए अनुसार, उनीहरु बाढी आएको दिनदेखि नै सुत्न पाएको छैनन् भने अन्न र लत्ताकपडा समेत भिजेकोले खान पनि राम्ररी पाएका छैनन् । वडा नं. ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोले सुरुदेखि नै उक्त विस्थापित परिवारलाई राहत दिँदै आएपनि चाहिने जति नपुगेको हो ।
घरमा पानी जमेपछि गाईवस्तु र आफै पनि बस्ने अवस्था नरहेको जनाइएको छ । घरमा विषालु सर्प समेत आउने गरेकोले ज्यान जोगाउन आधारभूत विद्यालयमा वास बसेको बताईएको छ । अन्य सरोकारबालाहरुले उनीहरुलाई नहेरिदिएपछि उनीहरुको उठीवास भएको छ ।
नौयसविघाको हिरा उराउ, बसन्त उराव, सहदेव उराव, बेचन उराव, सान्ता उराव, छेदी उराव, राजदेव महतो, महेन्द्र महतो, पारो देवी उराउ र कमलदेव दास गरी १० घर परिवारको उठीवास भएको हो । यता, उनीहरुको राहत तथा पुनः स्थापितको लागि पहल थालिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…