पूर्वी धनुषा अन्धकार सहित सम्पर्कविहिन !
विद्युत लाईन प्रसारणमा आएपछि यी टावरको समस्या पनि निराकरण हुने प्रमुख महतोले जनाए ।

२०७६ असार ३१ मंगलबार, बिहान ९:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आएको विनाशकारी बाढीका कारण धनुषाको पूर्वी क्षेत्र पूर्ण रुपमा प्रभावित भएको छ ।
गत बुधबारदेखि नै अबिरल रुपमा परेको पानीका कारण देशैभरि बाढीले बितण्डा मच्चाएको बेला धनुषाको पूर्वी क्षेत्रमा समेत सार्वजनिक सम्पतिको विनाश उत्तिकै भएको छ । जनकपुरबाट यदूकूहा फिडर जोडने ३३ केभिएको विद्युत प्रसारण लाईन बन्द हुँदा कैयौँ गाउँपालिका तथा नगरपालिकाका वासिन्दा विद्युतबाट बञ्चित भएको हो । जनकपुरबाटै प्रसारण लाईन जोडिएको ३३ केभिए प्रसारण लाईन जोडने पोल र तारमा क्षति पुरयाएपछि विद्युत प्रवाह पूर्ण रुपमा बन्द भएको हो ।
धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, जनकनन्दीनी गाउँपालिका, विदेह नगरपालिका, हँसपुर, सबैला नगरपालिका बासिन्दाले गत बुधबारदेखि नै विद्युत उपभोग गर्न पाएका छैनन् । यसका साथै धनौजी गाउँपालिका, औरही गाउँपालिका लगायका स्थानीय तहमा समेत यदुकूहा फिडरले बिच्चली गरेको अवस्था छ ।
नेपाल विद्युत प्राधिकरण यदुकूहाका कार्यालय प्रमुख सुनिल महतोले धनुषाको जलाद (जलाईद) नदीमा आएको पानीको उच्च बहाबका कारण जनकपुरबाट जोडिएको ३३ केभिए प्रसारण लाईन अवरुद्ध भएको बताए । उनले धनुषाको बालगँगा चौकदेखि पौडेश्वर जाने बाटोमा रहेको विद्युतिय पोल पूर्ण रुपमा क्षति भएकोले बाढीको पानी बहाब कम भएपछि निरन्तर रुपमा कार्यमा लागेको दाबी गरे ।
जलाईद नदीको पानी बहाबले ३३ केभिए प्रसारणकै तार चुँडिएकोले उक्त क्षेत्रहरुमा विद्युत प्रसारण हुन नसकेको जनाउँदै कामदारहरु आज बेलुकासम्म पोल लगाउने दाबी गरे । उनले भने, - "माटो यतिको हिलोमय भएको छ र पानीको बहाब यति छ की पोल लगाउने ठाउँ पनि छैन, गर्ने के यस्तोमा, विजुली नहुँदा आम सर्वसाधारणलाई पनि पीडा उत्तिकै छ । तर आज बेलुकासम्म जोडियो भने विद्युत प्रसारण हुनेछ ।"
बालगँगा र पौडेश्वरको बीचमा रहेको जलाईद नदीको बहाबले बाँध फुटाएपछि पोलहरु खसालेको उनले बताए । विद्युत नभएको कारण पूर्वी धनुषाको कैयौं स्थानीय तहमा मोबाईल चार्ज गर्न नपाएर सम्पर्क विच्छेद भएको अवस्था छ भने त्यसमाथि एनसेल र नेपाल टेलिकमको टावर समेत काम गर्न छाडेपछि झन विच्चली भएको अवस्था छ ।
विद्युत लाईन प्रसारणमा आएपछि यी टावरको समस्या पनि निराकरण हुने प्रमुख महतोले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…