धनुषा : मुसहरी टोलका ६ दर्जन बाढी पीडित राहतको पर्खाईमा भोकै
प्रहरी नीरिक्षक रामकुमार यादवले राहत स्वरुप भुजा र चाउचाउ वितरण गरेका थिए ।

२०७६ असार ३० सोमबार, दिउँसो २:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको दुई दर्जन घर परिवारका करिब ७० जना बढी बाढी पीडित राहतको पर्खाईमा भोकै बसेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ स्थित मखन बाबा कुटि मुसहरी टोलका १६ घरधुरीको उठीवास भएको छ । ती १६ परिवारको करिब ७० जना पीडित राहतको पर्खाईमा भोकै बसेका छन् । राहतको पर्खाईमा सरोकारवालाको पर्खाईमा भोकै घर बाहिरै बस्न बाध्य भएका छन् ।
साथै घरको चामल देखि सबै समान बाढीले भिजाएपछि उनीहरुको उठीवास भएको छ । मुसहरी टोलमा प्रत्येक वर्ष बाढीले वितण्डा मच्चाएपनि सकारको ध्यान नगएको गुनासो गरिउको छ । गत वर्ष चाईना सरकारले राहत प्रदान गरेको थियो ।
सोही क्षेत्रमा ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक रामकुमार यादवले राहत स्वरुप भुजा र चाउचाउ वितरण गरेका थिए । ईन्सपेक्टर यादवले भने, - 'अन्नपात समेत भिजेपछि यहाँका सर्वसाधारण भोकभोकै थिए, तत्काल मैले राहत बाँडेर उनीहरुको भोक टार्ने प्रयास गरे । यहाँ अझ मनकारी मन र राहतको आवश्यकता छ, यहाँका पीडितहरुलाई राहत उपलब्ध गराउन विभिन्न समाजसेवी लगायत निकायमा जानकारी गराएको छु ।'
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…