लोकसेवा विज्ञापन विरुद्धको आन्दोलनमा प्रहरीको हस्तक्षेप, एकलाई पक्रे, कयौं घाईते !
आन्दोलनकारीहरुले ‘लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद, असमावेशी विज्ञापन खारेज गर’ लगायत नारासहित काठमाडौं तताएका हुन् ।
२०७६ असार ३० सोमबार, दिउँसो १:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । समावेशितालाई कुल्चिएर ल्याइएको लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै घोषणा गरिएको आन्दोलन अनुरुप आईतबार साँझ काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को अगुवाईमा घोषणा गरिएको ‘आरक्षण बचाऔं आन्दोलन’ अन्तर्गत हिजो साँझ काठमाडौं उपत्यकामा भारी भिडसहितको मसाल जुलुस प्रदर्शन गरिएको हो ।
प्रदर्शनको क्रममा प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको एउटा गाडीसहित एकजनालाई नियन्त्रणमा समेत लिएको छ । मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच भएको झडपका बेला चन्देश्वर दास नामक प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो ।
आन्दोलनका अगुवाहरुले तत्काल उनको रिहाईको माग गरेपनि राहाई गरिएन । झडपमा परी कयौं प्रदर्शनकारीहरु घाईते समेत भए । उनीहरुले आरक्षणकै कोटामा प्रहरी भएर आरक्षणकै आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीको कडा आलोचना गरे । आन्दोलनमाथि दमन गर्ने प्रयास गरे झडप मात्रै नभएर विस्फोट हुने चेतावनी समेत दिइएको छ ।
आन्दोलनकारीहरुले ‘लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद, असमावेशी विज्ञापन खारेज गर’ लगायत नारासहित काठमाडौं तताएका हुन् ।
सो क्रममा अगुवा तथा अधिवक्ता विकास ठाकुरले आईतबारको मसाल जुलुस आन्दोलनको कास्टिङ मात्रै भएको बताए । उनले आदिवासी जनजाति, मधेशी, मुस्लिम दलित समुदायलाई वर्तमान सरकारले मुल धारमा आउनबाट रोक्ने प्रयास गरेको बताए । अधिवक्ता ठाकुर भने, ‘तर अब हामी दास बन्ने छैनौ ।’
मसाल जुलुसमा विभिन्न पिछडिएको क्षेत्रका झण्डै ५०० बढीको सहभागीता थियो । आरक्षण बचाऔं आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार हिजो मसाल जुलुस प्रदर्शन गरिएको थियो भने आज सिटि जुलुस, भोली ३१ गते माईतीघर मण्डलामा जनपर्दर्शन तथा श्रावन २ गते नेपाल बन्दको कार्यक्रम गरिनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आभाष गुरु, काठमाडौं
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…