डा. सिके राउत बाढी प्रभावित क्षेत्रको ग्राउन्ड जिरोमा !
डा. राउत नेतृत्वको जनमत पार्टीको ‘रेस्क्यू टिम’ राहत तथा उद्धार कार्यमा समेत जुटेका छन् ।

२०७६ असार २९ आइतबार, बेलुकी ५:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बाढी प्रभावित क्षेत्रको ग्राउन्ड जिरोमा पुगेका छन् ।
लगातारको अविरल वर्षापछिको बाढीबाट प्रभावित पीडितहरुको अवस्था बुझ्न डा. राउत आईतबार स्थलगत अनुगमन गरेका छन् । डा. राउत बाढी प्रभावित मधेशका विभिन्न ठाउँसहित कमला नदी र त्यस आसपासका स्थानहरुको ग्राउन्ड जिरोमै गएर अनुगमन गरेका हुन् ।
अविरल वर्षापछि आएको बाढीका कारण अस्तव्यस्त बनेका सर्वसाधारणको अवस्था बुझ्न डा. राउत बस्ती पसेका हुन् । अनुगमनका क्रममा उनले कमलाको पूर्वमा तटबन्ध काटिदा सिरहा जिल्लाका भेडिया रमपुरा, सारस्वर, बसबिटा, बेला, सिरहा बजार, बडेरवा, माडर, रमौल तथा पश्चिममा तटबन्ध काटिदा धनुषाको मलहनिया, फुलबरिया, कटहाल, इनरबा, बलहा, खजुरी सहितका दर्जनौं गाउँहरू डुबानमा पर्दा बढी प्रभावित बनेको जिकिर गरेका छन् ।
डा. राउत नेतृत्वको जनमत पार्टीमा आवद्ध उनका समर्थकहरुको ‘रेस्क्यू टिम’ राहत तथा उद्धार कार्यमा समेत जुटेका छन् । जनमत पार्टीको रेस्क्यू टिमले कमलाबाट सिरहाका ३ जनालाई जीवितै उद्धार गरेका छन् ।
जनमत पार्टीका अध्यक्ष डा. राउतले शनिबारै प्रेस विज्ञप्ति जारी गर्दै उद्धार तथा राहत कार्यमा जुट्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेका थिए । निरन्तरको अविरल वर्षाका कारण तराई मधेशको विभिन्न नदी आसपासका बस्तीहरु डुबानमा परेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…