राहत तथा उद्धारमा जुटन समाजवादी पार्टीको आह्वान
सतर्कता अपनाउन आग्रह गर्नुका साथै सुरक्षित स्थान तर्फ लाग्न आग्रह गरेका छन् ।

२०७६ असार २८ शनिबार, दिउँसो ३:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालले बाढी पिडीतहरुको राहत तथा उद्धारमा जुटन आफना नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।
समाजवादी पार्टी नेपाल प्रदेश नं. २ का अध्यक्ष विजय कुमार यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । केही दिन देखीको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष यादवले सम्बन्धित निकायहरुलाई राहत तथा उद्धारको लागि ध्यानाकर्षण समेत गराएका छन् ।
प्रदेश नं. २ को आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका अध्यक्ष यादवले प्रदेश नं. २ मा भईरहेको बाढी सम्बन्धी घटनाको सबै रिपोर्टहरु समयमै जानकारी गराउन आव्हान गर्दै हरेक क्षेत्रबाट आफ्ना नेता तथा कार्यकर्ताहरुलाई जनताको सहयोग र उद्धारमा खटनको लागि आव्हान गरेका छन् । अबिरल बर्षाका कारण प्रदेश नं. २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट लगायतका जिल्लाहरुमा सर्वसाधारणहरुको उठीवास भएको छ ।
यस्तो प्रलयको घडीमा अध्यक्ष यादवले आम सर्वसाधारणहरुमा धैर्य धारण गर्दै सतर्कता अपनाउन आग्रह गर्नुका साथै सुरक्षित स्थान तर्फ लाग्न आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…