कमला र कोशीमा पानी खतराको सतहभन्दा पनि माथि, तराईमा त्राहीमाम त्राहीमाम !
कोशीमा विहान ७ बजेसम्म १२.२३ मिटर पानीको बहाब मापन गरिएको हो । जसमा खतराको सहत १०.५० मापन गरिएको छ ।

२०७६ असार २८ शनिबार, बिहान ९:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशको कमला नदी र सप्तकोशी (कोशी) नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च भएको अधिकारीहरुले जनाएको छ ।
धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा पानी खतराको सहतभन्दा पनि माथि नाघेको जनाइएको छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय सिरहाले कमला किनारमा रहेको गाउँहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षाकर्मी समेत परिचालन गरेको हो ।
धनुषाको कमला नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ , सहिदनगर नगरपालिकाको वडा नं. २ बतराहीमा कमलाको पानी पस्ने सम्भावना प्रबल भएको छ भने सिरहाको बसपिटटा, सिरहा, कल्याणपुर, चतरी, पर्साही, फुलबरिया लगायतका गाउँहरुमा समेत खतरोको संकेत देखिएको जनाइएको छ । दुवै जिल्लाका प्रशासनले उक्त क्षेत्रहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षित स्थान खोज्न आग्रह गरेको हो ।

अपडेट २
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 13, 2019
कमला नदी-धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको र वर्षा हुने क्रम जारी रहने देखिएकोले #धनुषासिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनुहुनेहरू आज असार २८ गते #दिनभर शुरक्षित स्थानमा जानुहुन/रहनुहुन अनुरोध छ।
बाढी पूर्वानुमान शाखा, DHM
यता, सप्तकोशीमा पानीको बहाब निरन्तर उच्च हुँदै गएकोले पानी अहिले खतराको सहतभन्दा पनि माथि आएको हो । नेपाल जलविज्ञान तथा मौसम विभागले जनाए अनुसार कोशीमा विहान ७ बजेसम्म १२.२३ मिटर पानीको बहाब मापन गरिएको हो । जसमा खतराको सहत १०.५० मापन गरिएको छ ।
विभागले - "कमला नदी(धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको र वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनु हुनेहरू आज असार २८ गते दिनभर सुरक्षित स्थानमा जानुहुन वा रहनुहुन अनुरोध छ।"- भनेर अलर्ट जारी गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…