देशैभर बाढीको कहर : १९ को मृत्यु, ८ बेपत्ता !
बाढीपहिरोमा परी सयौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् ।

२०७६ असार २८ शनिबार, बिहान ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अविरल वर्षापछिको बाढी र पहिरोमा परी देशैभरमा १९ जनाको ज्यान गएको छ ।
प्रदेश १, २ र ३ का विभिन्न जिल्लामा गरी १९ जनाको मृत्यु भएको जनाइएको हो ।
काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिएका छन् ।
बाढीपहिरोमा परी आठ जना बेपत्ता भएका छन् । यस्तै बाढीपहिरोमा परी सयौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् ।
पहिरोले राजमार्ग अवरुद्ध हुँदा राजधानीसहित विभिन्न जिल्लामा यातायात अवरुद्ध भएको छ । तराईका विभिन्न जिल्ला र राजधानीका केही ठाउँ डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ ।
प्रशासनले नदी छेउ आसपासका सर्वसाधारणहरुमा अलर्ट जारी गरेको छ भने सुरक्षाकर्मीलाई पनि अलर्टमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…