पानीको निकास थुनिएर मिर्चैया जलमग्न (फोटो फिचर)
नालाको उचित व्यवस्थापन नहुँदा पानी निकास नभएर यहाँका अधिकांश ठाउँहरु डुबानमा परेको छ ।

२०७६ असार २७ शुक्रबार, दिउँसो १२:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लगातारको अविरल वर्षाले मिर्चैया जलमग्न बनेको छ ।
पानी निकासका लागि उचित व्यवस्थापन नहुँदा पानी थुनिएर जलमग्न बनेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।
निरन्तर परेको मुसलधारे वर्षाले मिर्चैयाको अधिकांश क्षेत्र जलामय भएको छ । मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक लगायत कटारी चोक, मटियर्वा चोक, साँझा चोक, पिपल चोक र बजार क्षेत्रलगायत मिर्चैयाका विभिन्न सडक तथा बाटाहरु जलामय र हिलामय बनेको छ ।

पानी निकास नभएर मिर्चैयाका स्थानीय व्यवसायीहरुको पसलको अगाडि पानी जमेको छ भने ईलाका प्रहरी कार्यालय मिर्चैयामा समेत पानी पसेको छ ।

निकास थुनिदा उत्तरको पानी पूर्वपश्चिम राजमार्ग भएर बगिरहेको छ । राजमार्ग भएर पानी बग्दा आवागमनमा समेत अप्ठ्यारो भइरहेको छ ।

नालाको उचित व्यवस्थापन नहुँदा र विभिन्न स्थानमा रहका खाल्डा–खुल्डीहरु नपुरिँदा वर्षाको पानी बाहिर निकास हुन नसकेको हो ।

पानीको निकास नहुँदा यहाँका अधिकांश ठाउँहरु डुबानमा परेको छ ।


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…