जनकपुर डुबानमा
धनुषा र सिरहा जोडने कमला नदीमा पनि पानीको बहाब बढदै गएको जनाइएको छ ।

२०७६ असार २७ शुक्रबार, बिहान ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । बुधबार राती देखि नै निरन्तर रुपमा परेको अबिरल बर्षाका कारण जनकपुरधाम पनि डुबानमा परेको छ ।
प्रदेश नं. २ को अस्थायी राजधानी एवम् धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा नालामा पानीको बहाब लिन नसक्दा डुबानमा परको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले जानकारी दिए । अबिरल बर्षाका कारण सरकारी कार्यालयहरु समेत डुबानमा परेको जनाउँदै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा पानी निकासको कार्य जारी रहेको जनाए ।
भानुचोक, रामानन्द चोक, कदमचोक, बाह्रविघा मैदान, अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय समेत जलमग्न भएको अवस्था छ । अबिरल बर्षाका कारण विभिन्न ठाउँ डुबानमा परेको तथा जनजीवन प्रभावित भएपनि अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जनाए ।
उनका अनुसार, जिल्लाको अवस्था अहिले समान्य रहेको छ भने कमला नदी छेउका ग्रामिण भेकमा भने सुरक्षाकर्मीद्धारा सतर्क रहन सर्वसाधारणहरुमा सूचना प्रवाह गरिएको हो । धनुषा र सिरहा जोडने कमला नदीमा पनि पानीको बहाब बढदै गएको जनाइएको छ । अबिरल बर्षाका कारण एकातर्फ जनजीवन प्रभावित भएको छ भने अर्का तर्फ कृषक किसानलाई भने फाईदा पुगेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…