बर्दिवास-काठमान्डौं सडक अवरुद्ध, हजारौ यात्रु बाटोमै अलपत्र
नीय प्रशासनको सहयोगमा पहिलोलाई पन्छाउने कार्य भईरहेको जनाइएको छ ।

२०७६ असार २७ शुक्रबार, बिहान ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । जनकपुरबाट काठमान्डौं वा बर्दिवासबाट काठमान्डौ जाने विपी राजमार्ग अवरुद्ध भएको छ ।
सिन्धुलीको खुर्कोट, मंगलटार र खनिया खर्क लगायतका ठाँउ ठाउँमा पहिरो जादा बि. पि राजमार्ग अबरुद्ध भएको हो । प्रहरीका अनुसार सिन्धुली र छामेछाप जाने बाटोमा पनि धेरै ठाँउमा पहिरो गएकाले उक्त मार्ग पनि अहिले अबरुद्ध भएको छ ।
गएराती देखि निरन्तर परेको पानीले सडक माथी बाट ठाँउ ठाँउमा पहिरो जादा बि.पि. राजमार्ग अबरुद्ध भएको हो । पहिरोले बाटो अबरुद्ध भएपछि अहिले यात्रामा रहेका मानिसहरु बाटोमै अलपत्र परेका छन । विहिबार विहानदेखि निरन्तर रुपमा भईरहेको बर्षाका कारण जनजीवन प्रभावित भएको हो ।
यता, पहिरोको कारण काठमान्डौबाट बर्दिवास वा बर्दिवासबाट काठमान्डौं जाने यात्रुहरुबीच बाटोमै अलपत्र परेको छ भने स्थानीय प्रशासनको सहयोगमा पहिलोलाई पन्छाउने कार्य भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…