सिरहामा भयंकर दुर्घटना, डेढ दर्जन अस्पतालमा !
प्रहरीले जनाए अनुसार यात्रुहरुलाई टाउको र खुट्टामा चोट लागेकोले केही यात्रुको अवस्था गम्भिर रहेको छ ।

२०७६ असार २५ बुधबार, बेलुकी ५:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । सिरहामा दुई यात्रुबाहक बस एक आपसमा ठोकिंदा भयंकर दुर्घटना भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ स्थित रहेको सोनापुर टोल नजिकै दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दुर्घटना हुन पुगेपछि करिब डेढ दर्जन यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पूर्वबाट पश्चित तर्फ आउँदै गरेको ना ७ ख ५३८२ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किदाँ डेढ दर्जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते यात्रुहरुलाई उपचारका लागि नजिकै रहेको श्रमजीवी केयर अस्पताल र आर.के. मेडिसिटी अस्पताल जिरोमाइलमा उपचार भईरहेको छ ।
प्रहरीले जनाए अनुसार यात्रुहरुलाई टाउको र खुट्टामा चोट लागेकोले केही यात्रुको अवस्था गम्भिर रहेको छ । यस घटनाबारे विस्तुत विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…