जनकपुर : 'बालिकालाई घरबाट मुख थुतेर अपहरण गरे , त्यसपछि मोटरसाईकलमा राखेर..'
२० बर्ष मुनीको उमेरमा सहमतिमै पनि यौन सम्बन्ध राखेपछि त्यसलाई बलात्कार मानिन्छ र बलात्कार सम्बन्धी मुद्दा लगाइन्छ ।

२०७६ असार २५ बुधबार, दिउँसो ४:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको सबैलामा एक बालिकालाई बलात्कार गरेको घटना बाहिर आएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ८ की एक १४ बर्षिय बालिकालाई स्थानीय दुई जनाले अपहरण शैलीका घरबाटै उठाएर गाउँभन्दा पर लगी बलात्कार गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जनाए अनुसार बालिकालाई एक जनाले बलात्कार गरेको तथा अर्को जनाले पनि घटनामा संलग्न रहेको छ ।
बालिकाकी बुवा अर्कै घरमा सुतिरहेको तथा बालिका स्वयं अर्कै घरमा एक्लै सुतिरहेको अवस्थामा दुई जना आएर मोटरसाईकल उठाएर लगी खेतमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । डिएसपी कार्कीका अनुसार, दुई जनालाई यस घटनाको आरोपमा पक्राउ समेत गरिएको हो ।
बालिका घरमा सुतिरहेकी थिइन, यी दुवै जना आएर उनलाई मुख थुतेर मोटरसाईकलमा राख्दै गाउँभन्दा पर लगेर बलात्कार गरे । एक जना केही गर्न पाएका थिएनन् त्यतिकैमा खेतमा पानी सिंचाई गर्न गएका स्थानीयहरुले देखेपछि उनीहरुलाई लखेटेपछि बालिकालाई छाडेर भागेका थिए । बालिकासँग सोधपुछ गर्दा स्थानीय दुई जनाको नाम ( प्रहरी अनुसन्धानमा रहेकोले नाम अहिले गोप्य राखिएको) भनेपछि उनीहरुलाई आज पक्राउ गरिएको हो । -प्रवक्ता कार्कीले बताए ।
पीडित बालिकालाई जबरदस्ती लगिएको वा सहमतिमा गएको भन्ने बारे अहिले खुलेको छैन । प्रहरीको प्रारम्भिक जानकारी अनुसार उनलाई जबरजस्ती करणी गरेको आरोपको आधारामा जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणको लागि लगिएको छ भने आरोपित दुई जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको हो ।
कानुन अनुसार, २० बर्ष मुनीको उमेरमा सहमतिमै पनि यौन सम्बन्ध राखेपछि त्यसलाई बलात्कार मानिन्छ र बलात्कार सम्बन्धी मुद्दा लगाइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…