धनुषा : 'आधी लास जलिसकेको थियो, प्रहरी गएर चिताबाट निकाले' !
आधी जलेको शवलाई लिएर प्रहरीले पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाइएको छ ।

२०७६ असार २४ मंगलबार, दिउँसो ४:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । धनुषामा एक मृत बालिकालाई जलाउँदै गरेको अवस्थामा प्रहरीले चिताबाट शव निकालेका छन् ।
जिल्लाको सवैला नगरपालिका वडा नं. १ मा गतराती एक १४ बर्षिय बालिकाले आफ्नै घरमा झुन्डिएर (परिवारिक श्रोतलाई उदृत गर्दै) मृत्यू भएको थियो भने उनलाई जलाउनको लागि उनका घरपरिवार सहित छिमेकीहरु लगेका थिए । जलाईरहेको अवस्थामै ईलाका प्रहरी कार्यालय सबैलाबाट खटि गएको प्रहरी टोलीले जलाउँदै गरेको बालिकाको शव सहित ४ जनालाई पक्राउ समेत गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार, गएराती नै झुण्डिएको बालिकाको घटना भएपछि घटनालाई दबाउन मृतक बालिकाकी बुवा सहित अन्य छिमेकीहरुले प्रहरीलाई खबर नै नगरी सबैला गाउँ भन्दा करिब ३ किमि उत्तरतर्फ जलाईरहेको अवस्थामा सबैला प्रहरीको पेट्रोलिङ्ग टोलिले देखेपछि मलामीहरुमा भागमभाग भएको थियो ।
उक्त टोलीले बालिकाको शव आधि जलिसकेको अवस्थामा चित्ताबाट निभाएर निकालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आधी जलेको शवलाई लिएर प्रहरीले पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाइएको छ ।
बालिका किन झुण्डिएको, झुण्डिएको वा झुण्डयाइएको ? हत्या वा आत्महत्या के हो भन्ने बारे प्रहरीले अनुसन्धान थालेको र पोष्टमार्टमको रिपोर्टपछि थप तथ्यहरु आउने जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…