जनकपुरमै खुल्यो सुविधा सम्पन्न 'रोयल मिथिला फूड प्यालेस'
जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी भएदेखि यहाँ होटल खुल्ने क्रम बढेको छ ।

२०७६ असार २३ सोमबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी भएदेखि यहाँ होटल खुल्ने क्रम बढेको छ ।
होटल खुल्ने क्रम चलिरहँदा शुक्रबारबाट जनकपुरको पिडारी चोकमा रोयल मिथिला फूड प्यालेस नामक सुविधासम्पन्न होटल संचालनमा आएको छ ।
करोडौंको लगानीमा संचालन गरिएको होटलको उद्घाटन शुक्रबार विधिवत् रुपमा होटलका संचालक क्षिरेश्वरनाथ नगरपालिका–८ ईच्छापुर निवासी शिव शंकर सिंहका पिता रामविलास महतोले गरेका हुन् ।
यस क्षेत्रमा बाहिरबाट आउने पर्यटक, व्यवसायी, लगायतलाई उचित वासस्थानको व्यवस्थापन गर्ने सोचका साथ थप सुविधासहित होटल सञ्चालनमा ल्याइएको हो ।
होटलमा विवाह, सेमिनार, गोष्ठि, बिजनेस मिटिंग, फैमलि गैडरिंग, पार्किंग, बच्चाका लागि खेलकुद लगायतका लागि पर्याप्त सुविधा रहेको संचालक सिंहले जानकारी दिए ।
होटलको उद्घाटन समारोहमा धनुषा क्षेत्र ४ (ख) का प्रदेश सांसद शत्रुधन महतो, सवैला नगरपालिका मेयर विजय शंकर प्रसाद सिंह लगायत स्थानीय व्यापारी, उद्योगीहरु सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…