शहिदनगरको ऐतिहासिक नगरसभाबाट 'कृषिक्रान्ती, शिक्षा र स्वास्थ्य' लाई प्राथमिकता
नीति अनुरूप वजेट ल्याई कार्यान्वयन गर्ने नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले प्रतिवद्धता जाहेर गरे ।

२०७६ असार २० शुक्रबार, राति १२:०६ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो । धनुषाको शहिदनगर नगरपालिकाको सम्पन्न एतिहासिक तेस्रो नगरसभाबाट कृषिमा क्रान्तीको योजनालाई प्राथमिकतामा राखेका छन् ।
कृषि प्रधान नगरको रुपमा रहेको शहिदनगर नगरपालिका भित्रको कृषि क्षेत्रलाई आधुनिकीकरणका साथै सहज सिँचाई हेतु सडक सँजाल, पूल र सिँचाईका योजनाहरुलाई प्राथमिकता दिएका हुन् । विहिबार सम्पन्न भएको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति, तथा बजेट कार्यक्रम सार्वजनिकीकरणबाट प्रस्तुत गरिएको पूर्व प्रतिवेदन अनुसार कृषिलाई जोड दिइएको हो ।
मुलुककै कान्छो मेयर शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाले प्रस्तुत गरेको वार्षिक आयव्यय तर्फ करोड १२ लाख ६४ हजार आयव्यय अनुमान गरिएको हो । जसमध्ये ९ करोड १० लाख ९९ हजार चालू खर्च अनुमान गरिएको छ भने प्रशासनिक खर्च तर्फ प्रत्येक वडामा लाई २० लाखका दरले ९ वडाको १ करोड ८० लाख र नगरकार्यपालिका तर्फ रू ७ करोड ३० लाख ९९ हजार गरि कुल जम्मा रू ९ करोड १० लाख ९९ हजार चालु खर्च विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले जानकारी दिए ।
भिडियोमा हेर्नुहोस शहिदनगरको तेस्रो नगरसभा
नगरसभाबाट ससर्त अनुदान तर्फ १६ करोड ३४ लाख बजेट मध्ये नविकरणीय उर्जामा ११ लाख ३२ हजार, सिंचाई मर्मत संम्भारमा ५ लाख, कृषि प्रयोगशालामा ५ लाख, पशु स्वास्थ्य रोग अन्वेशनमा ४ लाख ५ हजार, पशु पंक्षि श्रोत व्यवस्थापनमा २ लाख ४० हजार बजेट अनुमान गरिएको हो ।
यसका साथै खेलकूदको मार्फतले शहिदनगरलाई राष्ट्रिय स्तरमा पहिचान बनाउने उदेश्य हेतु खेलकुद विकास राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा रू १ लाख , सबैको लागि शिक्षा र शिक्षकको तलव भत्ता तर्फ आधारभूत विद्यालयमा ४ करोड ७७ लाख ३७ हजार, मावि तहमा शिक्षकको तलव भत्तामा रू १ करोड २१ लाख ९९ हजार, विधालय क्षेत्र विकास कार्यक्रममा ५ करोड ४५ लाख ७४ हजार, झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रममा ७ लाख, प्राथमिक स्वास्थ्य सेवाका ३ करोड २४ लाख ७० हजार, क्षय रोग नियन्त्रणमा १ लाख ८८ हजार विनियोजन गर्ने भएको छ ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…