बर्दिवास : गाउँले र डकैतबीच भिडन्त, एक डकैत पक्राउ !
भाग्ने क्रममा गाउँलेहरुले नजिकै रहेका बडहडि खोलामा दोहरो भिडन्त पछि पक्राउ गर्न सफल भएको हो ।

२०७६ असार १९ बिहीबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिवासमा गएराती भिषण डकैती भएको छ ।
जिल्लाको बर्दिवास नगरपलिका वडा नं. ६ र ७ प्रेमनगर भन्ने टोलमा डकैती हुँदा लाखौका धनमाल लुटेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । गएराति करिब एक दर्जनको समूहमा आएका डाकाहरुले सुनचाँदीका गरगहना, नगद रुपैयाँ गरि करिब १५ लाख बराबरको धनमाल लुटेका छन् ।
डाँकाहरु सो गाउँका करिब १ किलोमिटरको दुरीमा २ घरमा लुटपाट गरेका छन् । बर्दिवास नगरपालिका वडा नं. ७ का रामसुनर महतो र वडा नं. ६ का चन्देश्वर महतोको घरमा डकैति भएको प्रहीले जनाएको छ । लुटेराहरु मध्ये एक जना हथियार सहीत पक्राउ परेका छन् ।
डकैतमध्ये पक्राउ पर्नेमा सलार्ही जिल्ला चन्द्रपर नगरपालिका घर भएका अन्दाजी वर्ष ४० का देवनरायण कापड रहेका प्रहरीले जनाएको छ । उनलाई भाग्ने क्रममा गाउँलेहरुले नजिकै रहेका बडहडि खोलामा दोहरो भिडन्त पछि पक्राउ गर्न सफल भएको हो । घाईतेहरु मध्ले घरमुलि चन्देश्वर महतो सहित उनको श्रीमती जेय बति देवी र छोरा वर्ष २७ का उमेश महतोलाई बर्दिवास स्थित जनसेवा अस्पतालमा उपचार भईरहेको छ ।
यता, डाकालाई गाउँलेहरु कुटपिट गर्दा अवस्था गम्भिर भएको छ । डाकालाई उपचारका लागि बर्दिवास स्थित शुभ स्वथिक अस्पतामा उपचार भईरको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…