डा.सिके राउतको १ करोंड वृक्षारोपण महाअभियान सुरु
"घर-घर जायें, पौधे लगायें, पर्यावरण बचायें" मुख्य नाराबाट अभियान थालिएको छ।

२०७६ असार १६ सोमबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गरेको १ करोड वृक्षारोपण महाअभियान आईतबार (असार १५ गते) देखि सुरु गरिएको छ ।
पार्टीले असार १५ देखि १ करोड वृक्षारोपणको महाअभियान थालिएको हो। उक्त महाअभियान जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सि के राउतले महोत्तरी जिल्लाबाट शुभारम्भ गरेका हुन । डा. राउतको पूर्व घोषित कार्यक्रम अनुसार पर्यावरण बचाउनको निम्ती तथा सृष्टीलाई सन्तुलनको लागि केही मदत हेतु तराई मधेशको विभिन्न जिल्लामा १ करोड विरुवा रोप्ने महाअभियान सुरु गर्ने घोषणा गरेका थिए ।
यसका साथै, तराई मधेशको विभिन्न जिल्लाबाट पनि असार १५ गतेदेखि नै उक्त महाअभियानलाई शुभारम्भ गरिएको हो । सो क्रममा बाकें जिल्लामा पनि जनमत पार्टीका केन्द्रीय सदस्यद्धयय अब्दुल खानं र ईरफान शेषद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरिएको हो । "घर-घर जायें, पौधे लगायें, पर्यावरण बचायें" मुख्य नाराबाट अभियान थालिएको छ।
जनमत पार्टीको मुख्य कार्यहरु मध्य वातावरण संरक्षण पनि एक हो, मधेश तराईमा व्यापक रुपमा वन विनास भई वातावरण नै बिगरिसकेको हुनाले अनावृष्ठी, अतिवृष्ठी भई बाढी पहिरोको कारण वर्षेनी अत्यधिक मात्रामा धनजनको क्षति हुँदै गरेको, चुरेक्षेत्र नांगिएर पुर्वी र मध्य मधेशमा मरुभूमी हुन थालिएको, ,गलनेबल वार्मिगंको कारण अनेक प्रकारको रोगहरुको उतसर्जन भई मानिस र जनावरहरुमा संकट पैदा भईरहेको अवस्थामा जनमत पार्टीले यो महाअभियान थालिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…