कमला बचाउको लागि प्रदेश सरकार पूर्ण प्रतिवद्ध छ : मन्त्री यादव
राष्ट्यि सभा सदस्य मुक्ता देवी यादवले पनि आफ्नै क्षेत्र र ठाउँमा यस्तो अभियान चलेको भन्दै अभियानी र अभियानलाई प्रशंसा गरिन् ।

२०७६ असार १४ शनिबार, बेलुकी ५:५१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कमला नदि संरक्षणको लागि प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
शनिबार कमला बचाउ अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बलाबाखर कमला नदी आनन्दबाग रामघाटमा आयोजना गरिएको जागरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री यादवले प्रदेश नं. २ का सरकार कमला बचाउको लागि प्रतिवद्ध रहेको तथा नदी संरक्षण र धरोहरको रुपमा स्थापित एतिहासिक कमला नदी तथा आसपासको पर्यावरण बचाउको लागि प्रतिवद्धता जाहेर गरे ।
कमला अभियानी बिक्रम यादवको पहल एवम् वडाध्यक्ष तेजिलाल यादवको अध्यक्षता तथा योजनामन्त्री बिजय यादवकै प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा कमला बचाउ तथा ऐतिहासिक पहिचान बचाउनको लागि सिरहाको बसपिट्टा घाटमा मोक्षधाम निर्माणको लागि बजेट विनियोजन गरेको जीकिर गरे ।
कमला नदीकै पहिचान जोगाउन एवम् पर्यावरण रक्षा हेतु प्रदेश सरकारले अहिले सुरुवाती कदम मात्र चालेको बताउँदै प्रदेश सरकारबाट चाहिने हरेक प्रकारको सहयोगको प्रतिवद्धता व्यक्त गरे । यसअघि पनि मन्त्री यादवले कमला बचाउ अभियानीहरुलाई आफ्नो लक्ष्यप्रति उत्साहित गर्दै आएका हुन ।
कमला बचाउ अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत शनिबार गरिएको साप्ताहिक जागरण अभियानमा तीनै तहको सरकारले सहभागाीता जनाए ।
आजको कार्यक्रममा राष्ट्रिय सभा सदस्य श्रमती मुक्ता यादव र सहिदनगर नगरपालिकाका मेयर कान्छो मेयर उदय कुमार बरबरिया यादवको विशेष उपस्थितिमा भएको साप्ताहिक जागरण कार्यक्रममा आफ्नो तवरबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाए । सो कार्यक्रममा अर्थमन्त्री यादवले प्रदेश सरकारको तर्फबाट पर्यावरण बचाउको लागि गर्नुपर्ने हरेक सम्भव प्रयास तथा सहयोगको प्रतिवद्धता जनाए ।

पर्यावरण बचाउको निम्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर तीनै तहका सरकारको हातबाट कमला किनारमा वृक्षारोपण समेत गरिएको थियो । मन्त्री यादव, राष्ट्रि य सभा सदस्य मुक्ता देवी यादव र शहिदनगरका नगर प्रमुख उदय कुमार बरबरिया सहित उपस्थित अतिथिहरुले समेत वृक्षारोपण गरेका थिए ।
कार्यक्रममा अभियानका अगुवा विक्रम यादवले पर्यावरण बचाउनुको महत्व, पर्यावरण विनाको असर र बचाउनुपर्ने कारण बारे स्थानीयहरुलाई प्रकाश पारेका थिए भने अभियानी एवम् शिक्षक सुरेन्द्र यादवले कमलाको ऐतिहासिक रुप र अभियानीहरुको अभियानबारे जानकारी गराएका थिए । कमला नदीको बचाउको सम्भव्यता र स्थानीयहरुको लागि संजीवनीको रुपमा कमला नदि स्थापितका साथै पहिचानको बारेका चर्चा गरे ।
यसका साथै, राष्ट्यि सभा सदस्य मुक्ता देवी यादवले पनि आफ्नै क्षेत्र र ठाउँमा यस्तो अभियान चलेको भन्दै अभियानी र अभियानलाई प्रशंसा गरिन् । सो कार्यक्रमको दौरान अतिथिको आसनबाट बोल्दै कान्छो मेयर उदय कुमार बरबरिया (यादव) ले स्थानीय सरकारको हैसियतले कमला बचाउ अभियानको लागि गर्नुपर्ने आवश्यक सहयोग गर्ने बताए । उनले अभियानको क्रममा माला, अबिर लगाउनु मात्र आवश्यक नरहेको बताउँदै यसमा मनैदेखि लाग्न र सहयोग गर्न अपिल पनि गरे ।
सो कार्यक्रममा अर्थ तथा कमला अभियानका सल्लाहकार राजकुमार सिंह, समाजबादी पार्टी जिल्ला अध्यक्ष पशुपति यादव, राजपा अध्यक्ष बिरेन्द्र यादव ,यदुकुहा ईप्रका प्रहरी नीरिक्षक भीम बहादुर खडका, शसस्त्र प्रहरी ईन्चार्ज किश्मान तामाँग , सिरहा कल्याणपुर नपाका वडा ५ अध्यक्ष दीपेन्द्र बरबरिया, सबैला नपा ४ वडा अध्यक्ष कुसेस्वर ठाकुर, कमला अभियानी सुरेन्द्र यादव, बिनोद रबिदास, श्रीप्रसाद यादव, राजकिशोर सल्हैता, बिजय रान, रामकुमार यादव, रामिस्वर यादव, मुकेश यादव, पत्रकार, कमला किनारका सरोकारवाला किसान बुद्धिजिवी लगायतका स्थानीयहरुको उपस्थित रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…