अर्नमा गाउँपालिकाको तेश्रो गाउँसभा सम्पन्न
पालिकाको सर्वांगिन विकासका लागि विभिन्न प्रकारका हितकर कार्यक्रमहरु ल्याएको प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जनाए ।

२०७६ असार ११ बुधबार, दिउँसो १:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको अर्नमा गाउँपालिकाको तेश्रो गाउँसभा सम्पन्न भएको छ । मंगलवार एक समारोहबीच गाउँपालिकाकाको नीति, बजेट तथा वार्षिक विकासका कार्यक्रम प्रस्तुतिकरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष ठकु महतोले गाउँसभाको उद्घाटन गरेर अगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
गाउँपालिकाले पालिकाको सर्वांगिन विकासका लागि विभिन्न प्रकारका हितकर कार्यक्रमहरु ल्याएको प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जनाए ।
गाउँसभा समारोहमा अर्नमा गाउँपालिकाका अध्यक्ष ठकु महतो, उपाध्यक्ष सीयावत्ति मुखिया, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, निवार्चित जनप्रतिनिधि, नागरिकसमाज, वुद्धिजिवी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…